BIZMANDU
www.bizmandu.com

राष्ट्रियसभाले आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक दफावर छलफलका लागि समितिमा पठायो

२०८३ भदौ ३

राष्ट्रियसभाले आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक दफावर छलफलका लागि समितिमा पठायो
राष्ट्रियसभाले आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक दफावर छलफलका लागि समितिमा पठायो

काठमाडौं । राष्ट्रियसभाले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ।

Tata
GBIME

राष्ट्रियसभा आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो।

यसअघि बैठकमा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर मन्त्री शिशिर खनालले, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर मन्त्री सोविता गौतमले र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर मन्त्री खडक राज पौडेलले टेबुल गरेका थिए।

राष्ट्रियसभाको अर्काे बैठक यही भदौ ५ गते दिउँसो १ः१५ बजे बस्नेछ।