BIZMANDU
www.bizmandu.com

रुपाकोट रिसोर्टले आइपीओ निष्कासन गर्ने, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त

२०८३ भदौ ३

रुपाकोट रिसोर्टले आइपीओ निष्कासन गर्ने, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त
रुपाकोट रिसोर्टले आइपीओ निष्कासन गर्ने, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त


काठमाडौं। रुपाकोट रिसोर्टले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने तयारी अघि बढाएको छ। कम्पनीले एनआईसी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

Tata
GBIME

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच यस सम्बन्धमा सम्झौता भएको हो। सम्झौताअनुसार क्यापिटलले आइपीओ निष्कासनका लागि आवश्यक परामर्श तथा अन्य सेवा उपलब्ध गराउनेछ।

एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत कम्पनीलाई स्थापना चरणदेखि आईपीओ निष्कासनसम्म आवश्यक पर्ने विभिन्न परामर्श सेवा दिँदै आएको छ। यही सेवाअन्तर्गत रुपाकोट रिसोर्टलाई पनि आईपीओ निष्कासनको तयारीमा सहजीकरण गरिने क्यापिटलले जनाएको छ।

कास्कीको रुपा गाउँपालिका-६ मैदानस्थित रुपाकोट रिसोर्ट पोखराको पर्यटन क्षेत्रसँग जोडिएको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै आएको छ। रिसोर्ट प्राकृतिक सौन्दर्य र शान्त वातावरणका कारण पर्यटकको रोजाइमा पर्दै आएको छ।

रिसोर्टबाट हिमाली शृंखलाको दृश्य देख्न सकिन्छ। रुपा र बेगनास तालको मनोरम दृश्य पनि यहाँबाट अवलोकन गर्न सकिन्छ। यही विशेष भौगोलिक अवस्थिति रिसोर्टको प्रमुख आकर्षणमध्ये एक हो।

रुपाकोट रिसोर्टले पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्रकृति पर्यटनसँग जोड्ने लक्ष्य लिएको छ। उच्चस्तरीय आतिथ्य सेवा र प्राकृतिक वातावरणलाई सँगसँगै अघि बढाउँदै रिसोर्टले आफ्नो सेवा विस्तार गरिरहेको छ।

रिसोर्टमा आवास, भोजन तथा पेय पदार्थ, मनोरञ्जन र विश्रामका सुविधा उपलब्ध छन्। विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक पूर्वाधारसमेत छ।

रिसोर्ट पारिवारिक भ्रमणका लागि मात्रै नभई आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि उपयुक्त गन्तव्य हो। कर्पोरेट कार्यक्रम, सभा-सम्मेलन, विवाह तथा अन्य विशेष समारोहका लागि समेत रिसोर्टले सेवा दिँदै आएको छ।