BIZMANDU
www.bizmandu.com

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा बस्नेत, शाही र श्रेष्ठ सिफारिस

२०८३ भदौ ३

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा बस्नेत, शाही र श्रेष्ठ सिफारिस
विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा बस्नेत, शाही र श्रेष्ठ सिफारिस

काठमाडौं। विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस भएको छ।

Tata
GBIME

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबैभन्दा बढी अंक प्राप्त गरेका आधारमा वर्णानुक्रम अनुसार कृष्ण सिंह बस्नेत, बखतबहादुर शाही र बुद्धकाजी श्रेष्ठको नाम सिफारिस गरेको हो।

प्राधिकरणको कार्यकारी निर्देशकका लागि मन्त्रालयले असार २० गते विज्ञापन गरेकामा ९ जनाले आवेदन दिएका थिए। उनीहरुमध्ये ६ जनाको साउन ३१ र ३ जनाको भदौ १ गते अन्तर्वार्ता लिइएको थियो।