काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सरकारविरुद्ध चर्को आक्रोश व्यक्त गर्न थालेपछि सभापति रवि लामिछानले मन्त्रीसहित सांसदहरूसँग छलफल गर्न लागेका छन्।
सिंहदरवारस्थित रास्वपा दलको कार्यालयमा बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सबै सांसद र मन्त्रीलाई बोलाइएको रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले बताए। मन्त्रीहरूको गतिविधिप्रति रास्वपाका सांसदहरूले प्रश्न उठाइरहेका छन्।
मंगलबार रास्वपाकी सांसद आशिका तामाङले परराष्ट्रमन्त्री शिशिर खनालको जवाफमा आक्रोश व्यक्त गरेकी थिइन्। सभामुख डोल प्रसाद अर्यालले मर्यादित बन्न आग्रह गरे पछि तामाङले बैठक छोडेकी थिइन्।
यस्तै, रास्वपाकै सांसदहरूले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ज्वरो आएका बेला पनि हेलिकप्टर चढेको विषयमा प्रश्न गरेका थिए। केही सांसदहरूलाई रास्वपाले सचेत गराउने तयारी समेत गरेको छ।