BIZMANDU
www.bizmandu.com

देउवा समूहको धम्कीलाई गगनको चुनौती, १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक

२०८३ भदौ २

देउवा समूहको धम्कीलाई गगनको चुनौती, १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक
देउवा समूहको धम्कीलाई गगनको चुनौती, १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक


काठमाडौं। नेपाली कांग्रेसले १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।

Tata
GBIME

पूर्वसभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेला गरेर महाधिवेशनका गतिविधि अगाडि नबढाउन धम्की दिएलगत्तै सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट निर्णय गरेर कार्यतालिका सार्वजनिक गरेका हुन्।

केन्द्रीय समितिको निर्देशन अनुसार केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका मंगलबार राति सार्वजनिक गरेको छ। तालिका अनुसार निर्वाचन अधिकृतलाई भदौ ११ जिल्लामा खटाइनेछ।

वडामा निर्वाचन प्रतिनिधि भदौ १५ गते खटाउने तालिका आएको छ। गाउँ-नगर वडा अधिवेशन भदौ २४ गरी क्षेत्रीय प्रतिनिधि चयन गर्ने भनिएको छ।

गाउँ-नगरपालिका अधिवेशन भदौ २७ गतेका लागि तोकिएको छ। प्रदेश सभा क्षेत्रीय अधिवेशन भदौ ३१ र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एकमात्र क्षेत्र भएका जिल्लाको हकमा असोज ३ गते र अरु जिल्लाको हकमा असोज ७ गते हुनेछ।

प्रदेश अधिवेशन असोज १० गते गरेपछि केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ।