काठमाडौं। सेयर बजारबाट प्राप्त हुने पुँजीगत लाभकरमा सरकारलाई धक्का लागेको छ।
चालु आर्थिक वर्षको पहिलो महिना सेयर कारोबारबाट सरकारले ६२ करोड ४९ लाख रुपैयाँ पुँजीगत लाभकर पाएको छ। सेयर कारोबारबाट सरकारले पाएको यो रकम पोहोर साउनको तुलनामा २४५ प्रतिशत कम हो।
गत वर्ष साउनमा सेेयर किनबेचबाट सरकारले २ अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुँजीगत लाभकर पाएको थियो।
यो वर्ष सरकारले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर साढे दुई प्रतिशत विन्दुले बढाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत पुँजीगत लाभकर बढाएर ७.५ र १० प्रतिशत पुर्याएका छन्।
सरकारका गतिविधिले लगानीकर्ताले कन्फिडेन्स गुमाउँदा सेयर कारोबार खुम्चिंदा त्यसको असर पुँजीगत लाभकरमा परेको हो। अहिले दिनमा मुस्किलले ५ अर्बको कारोबार हुने गरेको छ।