BIZMANDU
www.bizmandu.com

सुनकोशी मरिन आयोजनामा टेण्डर भर्ने समय चौथो पटक बढाइयो, किस्ता किस्तामा म्याद थप किन?

२०८३ भदौ २

सुनकोशी मरिन आयोजनामा टेण्डर भर्ने समय चौथो पटक बढाइयो, किस्ता किस्तामा म्याद थप किन?
सुनकोशी मरिन आयोजनामा टेण्डर भर्ने समय चौथो पटक बढाइयो, किस्ता किस्तामा म्याद थप किन?


काठमाडौं। सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा दोस्रो चरणको निर्माण कार्य अघि बढाउन नयाँ बोलपत्र (टेण्डर)को म्याद चौथो पटक थप गरिएको छ।

Tata
GBIME

बाँध र विद्युतगृह निर्माणका लागि गरिएको टेण्डरमा प्रस्ताव पेस गर्ने अन्तिम दिन मंगलबार रहेकामा भदौ १० गतेसम्मका लागि थप गरिएको हो।

स्ट्यान्डर्ड बिङिङ डकुमेन्ट (एसबीडी) परिमार्जन भएका कारण म्याद थप गरिएको आयोजनाका सूचना अधिकारी अशोक गौतमले जानकारी दिए।

‘सार्वजनिक खरिद ऐन संशोधन भएपछि स्ट्यान्डर्ड बिङिङ डकुमेन्ट परिवर्तन भयो। एसबीडी संशोधन भएपछि बिडरहरुलाई पनि समय दिनु पर्ने भएको कारण म्याद थप गरिएको हो,’ गौतमले भने।

आयोजनामा पटेल-रमण जेभीसँगको ठेक्का सम्झौता तोडिएको साढे ६ महिनापछि गत जेठ २५ गते नयाँ टेण्डर आह्वान गरिएको थियो। त्यतिखेर असार २४ गतेसम्म म्याद दिइएको थियो।

तर, आयोजनाले १५ दिन म्याद थपेर प्रस्ताव पेस गर्ने समय साउन ८ गतेसम्म पुर्‍याएको थियो। त्यसपछि दोस्रोपटक एक साता र तेस्रो पटक भदौ २ गतेसम्म म्याद थपिएको थियो।

आयोजनामा पहिलो चरणको ठेक्का अन्तर्गत सुरुङ खन्ने काम यसअघि नै सम्पन्न भइसकेको छ।