काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका प्रधानसेनापति धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्।
भारतीय प्रधानसेनापति सेठले मंगलबार अपराह्न प्रधानमन्त्री कार्यालय पुगेर रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणमा सेठ आइतबार काठमाडौं आएका थिए। सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।