BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई पोखराको बर पीपल रिसोर्टमा २० प्रतिशतसम्म छुट

२०८३ भदौ २

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई पोखराको बर पीपल रिसोर्टमा २० प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई पोखराको बर पीपल रिसोर्टमा २० प्रतिशतसम्म छुट

काठमाडौं। मुक्तिनाथ विकास बैंकका ग्राहकले पोखराको बर पीपल रिसोर्टमा छुट पाउने भएका छन्। बैंकका ग्राहकले रिसोर्टमा २० प्रतिशतसम्म छुट पाउने भएका हुन्।

Tata
GBIME

यस सम्बन्धमा बैंकले मंगलबार रिसोर्टसँग सम्झौता गरेको छ। सम्झौता अनुसार आफ्ना ग्राहकले रिसोर्टमा खाना, बास र एसपीए सेवामा १० देखि २० प्रतिशतसम्म छुट पाउने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

६ जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा १ जनाका लागि बस्ने सुविधासहित ब्रेकफास्ट, लन्च र डिनर निःशुल्क उपलब्ध हुने बैंकले जनाएको छ।

छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले बैंकको डेबिट कार्ड/प्रिभिलेज कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ।