BIZMANDU
www.bizmandu.com

साउनमा पौने ४ अर्ब रुपैयाँ बराबर वैदेशिक लगानीको प्रतिबद्धता, कुन क्षेत्रमा कति?

२०८३ भदौ २

साउनमा पौने ४ अर्ब रुपैयाँ बराबर वैदेशिक लगानीको प्रतिबद्धता, कुन क्षेत्रमा कति?
साउनमा पौने ४ अर्ब रुपैयाँ बराबर वैदेशिक लगानीको प्रतिबद्धता, कुन क्षेत्रमा कति?


काठमाडौं। चालु आर्थिक वर्षको पहिलो महिनामा पौने ४ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। साउनमा १९१ वटा परियोजनाका लागि ३ अर्ब ७७ करोड २८ लाख रुपैयाँ बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको हो।

Tata
GBIME

उद्योग विभागका अनुसार १८८ वटा साना उद्योग, २ वटा मध्यम र एउटा ठूलो उद्योगका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। ती उद्योगमा १७७३ जनाले रोजगारी पाउनेछन्।

सूचना प्रविधिमूलक क्षेत्रमा सबैभन्दा धेरै १२८ वटा परियोजनाका लागि ५६ करोड ९८ हजार रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ।

यस्तै पर्यटनमूलक क्षेत्रमा ३३ परियोजनाका लागि १ अर्ब ६३ करोड ७८ लाख, सेवामूलक क्षेत्रमा १९ परियोजनाका लागि ६८ करोड २० लाख, उत्पादनमूलक क्षेत्रमा ९ परियोजनाका लागि ८४ करोड ३२ लाख, ऊर्जा र कृषि क्षेत्रमा २०/२० करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ।

विभागले साउनमा नेपालबाट २४ करोड २१ लाख रुपैयाँ रोयल्टी फिर्ता लान स्वीकृति दिएको छ।