BIZMANDU
www.bizmandu.com

कांग्रेसको १५औं महाधिवेशन निर्धारित मितिमै, गगनको नेतृत्वमा आयोजक समिति गठन

२०८३ भदौ २

कांग्रेसको १५औं महाधिवेशन निर्धारित मितिमै, गगनको नेतृत्वमा आयोजक समिति गठन
कांग्रेसको १५औं महाधिवेशन निर्धारित मितिमै, गगनको नेतृत्वमा आयोजक समिति गठन

काठमाडौं। नेपाली कांग्रेसले सभापति गगन थापाको संयोजकत्वमा १५औं महाधिवेशन आयोजक समिति गठन गरेको छ।

Tata
GBIME

साउन २४ देखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले गगनको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको हो।

पार्टी प्रवक्ता देवराज चालिसेले मंगलबार पत्रकार सम्मेलन गरेर बैठकको निर्णय सार्वजनिक गरेका छन्। उनका अनुसार बैठकले महाधिवेशनमा पेस गर्ने सांगठनिक प्रतिवेदन बनाउने जिम्मेवारी महामन्त्री गुरुराज घिमिरेलाई दिएको छ।

यस्तै अर्का महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा विधान संशोधन समिति बनाइएको छ। बैठकले विधानको धारा ३५(२) को ग निलम्बन गरेको छ। बैठकले प्रवक्ता केसीलाई प्रचार समितिको संयोजक तोकेको छ।

१५औं महाधिवेशन यसअघि निर्धारित मिति असोज १६ गतेदेखि काठमाडौंमा हुनेछ।