BIZMANDU
www.bizmandu.com

नेप्से १९.३४ अंकले ओरालो लाग्दा घट्यो २१८ कम्पनीका लगानीकर्ताको सम्पत्ति

२०८३ भदौ २

नेप्से १९.३४ अंकले ओरालो लाग्दा घट्यो २१८ कम्पनीका लगानीकर्ताको सम्पत्ति
नेप्से १९.३४ अंकले ओरालो लाग्दा घट्यो २१८ कम्पनीका लगानीकर्ताको सम्पत्ति

काठमाडौं। सेयर बजारमा मंगलबार २१८ कम्पनीका लगानीकर्ताको सम्पत्ति घटेको छ। नेप्से परिसूचक १९.३४ अंकले ओरालो लाग्दा २१८ कम्पनीका लगानीकर्ताको सम्पत्ति घटेको हो।

Tata
GBIME

सबैभन्दा धेरै गुमाउनेमा सगरमाथा जलविद्युत कम्पनीका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्य १०.६३ प्रतिशले ओरालो लागेको छ।

नेप्से २६२२.४८ अंकमा ओर्लिएको दिन ५६ कम्पनीका लगानीकर्ताको सम्पत्ति भने बढेको छ। सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

बजारमा मंगलबार ५ अर्ब ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।