BIZMANDU
www.bizmandu.com

प्रतिभाले गरिन् ४५ कर्मचारी सरुवा : उपसचिवलाई नगरपालिका, शाखा अधिकृतलाई गाउँपालिका

२०८३ भदौ २

प्रतिभाले गरिन् ४५ कर्मचारी सरुवा : उपसचिवलाई नगरपालिका, शाखा अधिकृतलाई गाउँपालिका
भूमि व्यवस्थामन्त्री प्रतिभा रावल


काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ उपसचिव र २३ जना अधिकृतको सरुवा गरेको छ।

Tata
GBIME

मन्त्रालयले भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईलाई महिला मन्त्रालयमा तानेर उनको स्थानमा हुलाक सेवा विभागकी जमुना मिश्रलाई पठाएको छ।

यस्तै अछामको कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशविक्रम शाही प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्। उनको स्थानमा श्रम तथा कसुरजन्य सुरक्षा विभागका लवराज जोशीलाई पठाइएको छ।

गृह मन्त्रालयकी उपसचिव प्रदर्शनी कुमारीलाई बाराको पचरौता नगरपालिका र अर्की उपसचिव लिलाकुमारी केसी पाण्डेलाई रौतहटको वृन्दावन नगरपालिका पठाइएको छ। विभिन्न निकायमा कार्यरत १६ जना उपसचिवलाई विभिन्न नगरपालिका र २३ जना अधिकृतलाई विभिन्न गाउँपालिकामा पठाइएको छ।

अख्तियारका लोकबहादुर रानालाई डडेल्धुराको अमरगढी नगरपालिका र नमिता रेग्मीलाई मन्थली नगरपालिका पुर्‍याइएको छ।