BIZMANDU
www.bizmandu.com

लगातार उकालो लागिरहेको सुनको मूल्य स्थिर, चाँदी तोलामा १५ रुपैयाँ सस्तियो

२०८३ भदौ २

लगातार उकालो लागिरहेको सुनको मूल्य स्थिर, चाँदी तोलामा १५ रुपैयाँ सस्तियो
लगातार उकालो लागिरहेको सुनको मूल्य स्थिर, चाँदी तोलामा १५ रुपैयाँ सस्तियो

काठमाडौं। लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार स्थिर छ। सोमबार सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढेर प्रति तोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको थियो।

मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ। चाँदी प्रति तोला ४ हजार ७५५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।

सोमबार चाँदी प्रति तोला ४ हजार ७७० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य मंगलबार प्रति औंस ४३९१.५२ डलर छ। चाँदी प्रति औंस ६५.११ डलर छ। सोमबार सुन प्रति औंस ४३९७.०१ डलर र चाँदी प्रति औंस ६५८ डलर थियो।