BIZMANDU
www.bizmandu.com

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, कुनका इकाइधनीलाई कति?

२०८३ भदौ २

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, कुनका इकाइधनीलाई कति?
सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, कुनका इकाइधनीलाई कति?

काठमाडौं। सिद्धार्थ क्यापिटलले आफ्नो व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा गरेको छ।

GBIME
Tata

कम्पनीले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाइधनीलाई ८ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाइधनीलाई १० प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो।

क्यापिटलको सञ्चालक समितिको भदौ १ गते बसेको बैठकले लाभांशको निर्णय गरेको हो। सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इक्विटी फण्ड-२ का इकाइधनीले भने लाभांश नपाउने भएका छन्।