BIZMANDU
www.bizmandu.com

डोङफेङ एमहिरो नेपाल आइपुग्यो, अर्को साता सुरु हुने नाडा अटो शोमा प्रदर्शन गरिने

२०८३ भदौ २

डोङफेङ एमहिरो नेपाल आइपुग्यो, अर्को साता सुरु हुने नाडा अटो शोमा प्रदर्शन गरिने
डोङफेङ एमहिरो नेपाल आइपुग्यो, अर्को साता सुरु हुने नाडा अटो शोमा प्रदर्शन गरिने


काठमाडौं। चीनको प्रिमियम तथा अफरोड विद्युतीय सवारी ब्रान्ड डोङफेङ एमहिरो नेपाल आइपुगेको छ। नेपालका लागि डोङफेङ एमहिरोको आधिकारिक विक्रेता एमएडब्लू ग्रुप हो।

Tata
GBIME

कम्पनीले आगामी नाडा अटो शो २०२६ मा एमहिरो ब्रान्डलाई नेपाली बजारमा प्रदर्शन गर्ने तयारी गरेको छ।

नेपाल आइपुगेको एमहिरोको प्रदर्शनसँगै प्रिमियम तथा लक्जरी विद्युतीय एसयूभी सेगमेन्टमा नयाँ प्रतिस्पर्धा थपिने अपेक्षा गरिएको छ।

विशेषगरी शक्तिशाली विद्युतीय ड्राइभट्रेन, अफरोड क्षमता, आधुनिक प्रविधि र लक्जरी डिजाइनका कारण एमहिरो अन्तर्राष्ट्रिय बजारमा चर्चित ब्रान्डका रुपमा अघि बढिरहेको छ।

एमएडब्लू समूहले यसअघि नै नेपालमा डोङफेङका विद्युतीय सवारी बिक्री गर्दै आएको छ। कम्पनीले डोङफेङ तथा सेरेसका विद्युतीय सवारीको नेपालमा वितरण गर्दै आएको हो।

अब एमहिरोलाई नाडा अटो शोमार्फत नेपाली ग्राहक र अटोमोबाइल बजारसँग प्रत्यक्ष परिचित गराउने तयारी गरिएको हो। नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म (अगस्ट २५-३०) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।

एमहिरोको नेपाल प्रदर्शनले नाडा अटो शोमा प्रिमियम विद्युतीय एसयूभीतर्फको आकर्षण थप बढाउने देखिएको छ। तर, यसको बिक्री मूल्य, भेरियन्ट र औपचारिक बिक्री सुरु हुनेबारे एमएडब्लू ग्रुपले थप जानकारी सार्वजनिक गर्न बाँकी छ।