BIZMANDU
www.bizmandu.com

३५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख रुपैयाँ सरकारी उपहार

२०८३ भदौ १

३५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख रुपैयाँ सरकारी उपहार
३५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख रुपैयाँ सरकारी उपहार


काठमाडौं। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले १० लाख रुपैयाँको सरकारी उपहार जितेका छन्।

Tata
GBIME

आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष सुरु गरेको करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम अन्तर्गत ३५० रुपैयाँको सामान किनेका ग्राहक १० लाख रुपैयाँका भाग्यशाली विजेता बनेका हुन्। यसमा कर कट्टी हुनेछ। विभागले सोमबार अर्थ मन्त्रालयमा विजेता घोषणा गरेको छ।

साउन १६ गतेदेखि ३१ गतेसम्म कारोबार गरेका योग्य ग्राहकमध्येबाट विजेता छानिएको हो।

विभागका अनुसार साउन १६ देखि ३१ गतेसम्म ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल उपहारका लागि अपलोड भएका थिए। यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार संख्या ७ हजार ७७ मात्रै थियो।

भाग्यशाली विजेता छनोटमा क्यूआरमार्फत भएका ३ करोड २० लाख ८६ हजार ३८० कारोबारलाई पनि सामेल गरिएको थियो। साउनको पहिलो १५ दिनमा क्यूआर कारोबार संख्या २ करोड ५६ लाख ८ हजार ९४ थियो।

कुल ३ करोड २४ लाख ४३ हजार २२९ कारोबारमध्येबाट दैनिक एक-एक जनाका दरले १६ जना विजेता छनोट हुनेछन्। उनीहरुले कर कटाएर १ लाख रुपैयाँका दरले उपहार पाउनेछन्।