BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री बालेनलाई संसद्‍मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

२०८३ भदौ १

प्रधानमन्त्री बालेनलाई संसद्‍मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ
डीपी आर्याल


काठमाडौं। सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरुका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।

Tata
GBIME

सभामुख अर्यालले सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुननसाथ विपक्षी दलका सांसहरु उठेपछि प्रधानमन्त्री बालेनलाई जवाफ दिन रुलिङ गरेका हुन्।

‘माननीय सदस्यहरुले लामो समयदेखि प्रतिनिधि सभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भइ नियमावलीको नियम ५६,५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरुका प्रश्नको जवाफ दिन म प्रधानमन्त्रीलाई निर्देश गर्दछु,’ सभामुख अर्यालले भने।

प्रधानमन्त्री बालेन जेठ १७ गते नियमावलीबाहिर प्रश्नोत्तरका लागि संसद्‍को रोस्टममा पुगेका थिए।