BIZMANDU
www.bizmandu.com

सोल्टीले नाफा १६.५१ प्रतिशत बढाउँदा ५ वटा होटल नोक्सानीमा, कुनले कति कमाए?

२०८३ भदौ १

सोल्टीले नाफा १६.५१ प्रतिशत बढाउँदा ५ वटा होटल नोक्सानीमा, कुनले कति कमाए?
सोल्टीले नाफा १६.५१ प्रतिशत बढाउँदा ५ वटा होटल नोक्सानीमा, कुनले कति कमाए?


काठमाडौं। व्यापार घट्दा होटलहरुको नाफा प्रभावित भएको छ। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ठूला आठ होटलमध्ये सोल्टी, कालिञ्चोक र चन्द्रागिरी हिल्सले आर्थिक वर्ष २०८२/८३ मा नाफा कमाउँदा ५ वटा होटल नोक्सानीमा गएका छन्।

Tata
GBIME

सोल्टी होटलले सबैभन्दा धेरै ७६ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ। सोल्टीले नाफा अघिल्लो वर्षभन्दा १६.५१ प्रतिशतले वृद्धि गरेको हो। सोल्टीको व्यापार एक वर्षमा १३.४९ प्रतिशतले बढेर ३ अर्ब १४ करोड ८० लाख रुपैयाँ पुगेको छ।

होटलहरुमा गत वर्ष सबैभन्दा धेरै व्यापार गर्नेमा पहिलो स्थानमा सोल्टी नै छ।

चन्द्रागिरी हिल्सको नाफा ५६.०१ प्रतिशतले घटेर ८ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष चन्द्रागिरीले ७७ करोड ७५ लाख रुपैयाँको व्यापार गरेको थियो। कम्पनीको व्यापार १३.८४ प्रतिशतले घटेको हो।

कालिञ्चोक दर्शनले नाफा १०५ प्रतिशतले बढाएको छ। कम्पनीले गत वर्ष ५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ। बन्दीपुर केबलकार र सिटी होटलले नोक्सानी घटाएका छन्। ओरियन्टल होटल, होटल फरेस्ट इन र तारागाउँ रिजेन्सीको नोक्सानी उच्च वृद्धि भएको छ।

नेप्समा सूचीकृत होटलको दुई आर्थिक वर्षको नाफा (रु हजारमा)

कम्पनी२०८२/८३ (नाफा)२०८१/८२ (नाफा)फरक %
सोल्टी होटल७६११०६६५३२७७१६.५१
चन्द्रागिरी हिल्स८२४८९१८७४९७-५६.०१
कालिञ्चोक दर्शन५७६८४२८१२०१०५.१४
बन्दीपुर केबलकार-१३६५०-१७२४९
ओरियन्टल होटल-४७४४७४३७९३
सिटी होटल-१७३०९०-१९८४२२
होटल फरेस्ट इन-२४४५६८-१७१९८८
तारागाउँ रिजेन्सी-७०५७८८४६८५७६
स्रोत : कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण

तरागाउँ रिजेन्सी गत वर्ष भदौमा भएको जेनजी आन्दोलनमा क्षति पुगेपछि बन्द छ। होटल सञ्चालनमा नआउँदा नोक्सानी ७० करोड ५७ लाख रुपैयाँ पुगेको हो।

नेप्समा सूचीकृत होटलको दुई आर्थिक वर्षको आम्दानी (रु हजारमा)

कम्पनी२०८२/८३ (सञ्चालन आम्दानी)२०८१/८२ (सञ्चालन आम्दानी)फरक %
सोल्टी होटल३१४८०९१२७७३९०६१३.४९
ओरियन्टल होटल१००११०३१०४९३४३-४.६
चन्द्रागिरी हिल्स७७७५४४९०२४१६-१३.८४
सिटी होटल५०६०३४४८६८४८३.९४
होटल फरेस्ट इन१९०३३५१३६३११३९.६३
तारागाउँ रिजेन्सी१७१९४२१५२१६४९-८८.७
कालिञ्चोक दर्शन८९६९४७९३५५१३.०३
बन्दीपुर केबलकार१७९८५६६००१७२.५
स्रोत : कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण