BIZMANDU
www.bizmandu.com

सुनको मूल्य लगातार उकालो, तोलामा १६०० रुपैयाँ बढ्यो, चाँदीको भाउ पनि वृद्धि

२०८३ भदौ १

सुनको मूल्य लगातार उकालो, तोलामा १६०० रुपैयाँ बढ्यो, चाँदीको भाउ पनि वृद्धि
सुनको मूल्य लगातार उकालो, तोलामा १६०० रुपैयाँ बढ्यो, चाँदीको भाउ पनि वृद्धि

काठमाडौं। सुनको मूल्य लगातार बढ्न थालेको छ। सुनको भाउ सोमबार तोलामा एक हजार ६०० बढेको छ।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रति तोला ३ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण गरेको छ।

सुनको भाउ आइतबार तोलामा ३ हजार ६०० रुपैयाँ बढेको थियो।

चाँदीको मूल्य सोमबार प्रति तोला ४ हजार ७७० रुपैयाँ पुगेको छ। चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्य प्रति औंस ४३९७.०१ र चाँदीको मूल्य प्रति औंस ६५.८ डलर छ।