BIZMANDU
www.bizmandu.com

धनीराम एडीबीको वैकल्पिक कार्यकारी निर्देशक भएर मनिला, अन्तर्राष्ट्रिय महाशाखामा लम्साल

२०८३ भदौ १

धनीराम एडीबीको वैकल्पिक कार्यकारी निर्देशक भएर मनिला, अन्तर्राष्ट्रिय महाशाखामा लम्साल
धनीराम एडीबीको वैकल्पिक कार्यकारी निर्देशक भएर मनिला, अन्तर्राष्ट्रिय महाशाखामा लम्साल

काठमाडौं। अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव धनीराम शर्माले एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशकको जिम्मेवारी पाएका छन्।

Tata
GBIME

शर्मा अबको दुई हप्तापछि अर्थ मन्त्रालयको तर्फबाट एडीबीको वैकल्पिक कार्यकारी निर्देशक भएर जानेछन्। हाल एडीबीको जिम्मेवारीमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल छन्।

उनी ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा गएपछि शर्माले मनिलास्थित एडीबी मुख्यालयमा जिम्मेवारी सम्हाल्नेछन्।

अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाको जिम्मेवारी सहसचिव अमृत लम्सालले पाएका छन्। लम्साल यसअघि अर्थ मन्त्रालयको प्रवक्ताका साथै योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको प्रमुख थिए। लम्सालले सोमबारदेखि महाशाखाको जिम्मेवारी सम्हाल्नेछन्।