BIZMANDU
www.bizmandu.com

कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आइआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

२०८३ भदौ १

कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आइआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आइआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध


काठमाडौं। कुमारी बैंकले सरकारको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा (आइआरडी प्रोत्साहन कार्यक्रम) सुविधा उपलब्ध गराएको छ।

Tata
GBIME

यस सुविधामार्फत कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन्।

ग्राहकहरूले कुमारी स्मार्ट बचत मोबाइल बैंकिङ एपको आइआरडी प्रोत्साहन कार्यक्रम मेनुमार्फत योग्य कारोबारको संख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्त गरेको अवस्था समेत सजिलै हेर्न सक्नेछन्।

यसले ग्राहकलाई डिजिटल भुक्तानी गर्न, प्यान र भ्याट बिल लिन तथा औपचारिक कारोबारलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

आन्तरिक राजस्व विभागको व्यवस्था अनुसार योग्य कारोबारमध्येबाट दैनिक लक्की ड्रमार्फत एक जना ग्राहकले कर कट्टीपश्चात १ लाख रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन। प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ बम्पर उपहार पाउने्छन्।

कुमारी बैंकले ग्राहकलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान र भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा नियमित रूपमा आइआरडी प्रोत्साहन कार्यक्रम सुविधा प्रयोग गरी आफ्नो योग्यताको अवस्था जाँच गर्न आग्रह गरेको छ।

बैंकले यस अभियानले डिजिटल कारोबार विस्तार गर्नुका साथै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि तथा वित्तीय पारदर्शितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।