काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)का दुई कर्मचारी पक्राउ परेका छन्।
आइतबार साँझ मलेसिया जान लागेका उनीहरुसँग तोकिएको भन्दा बढी अमेरिकी डलर भेटिएका कारण पक्राउ गरेको प्रहरीले जनाएको छ।
‘५ हजार डलरभन्दा बढी रकम साथमा भेटिएकाले हामीले दुई कर्मचारीलाई नियन्त्रणमा लिएका छौं,’ त्रिभुवन विमास्थलका एसपी राजकुमार सिलवालले भने। प्रहरीले ती कर्मचारीको नाम भने खुलाएको छैन।
पक्राउ परेका कर्मचारीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।