BIZMANDU
www.bizmandu.com

एनएमबि क्यापिटलका तीन वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति?

२०८३ भदौ १

एनएमबि क्यापिटलका तीन वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति?
एनएमबि क्यापिटलका तीन वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति?

काठमाडौं। एनएमबि बैंक कोष प्रवर्धक तथा एनएमबि क्यापिटल योजना व्यवस्थापक भई सञ्चालनमा रहेका एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ र एनएमबि हाइब्रिड फण्ड एल-२ योजनाको लाभांश घोषणा भएको छ।

GBIME
Tata

एनएमबि क्यापिटलले गत आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट योजनाका इकाईधनीलाई लाभांश घोषणा गरेको हो।

नएमबि फिफ्टीका इकाईधनीलाई ३.१५, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ का इकाईधनीलाई १० र एनएमबि हाइब्रिड फण्ड एल-२ का इकाईधनीलाई ४.५ प्रतिशत (करसहित) प्रतिफल दिने घोषणा गरेको छ।

प्रतिफल वितरण गर्ने प्रयोजनका लागि कम्पनीले भदौ ८ गते इकाईधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ।