BIZMANDU
www.bizmandu.com

हाइड्रोपावरले एक वर्षमा साढे सात गुणा बढाएर ११.७८ अर्ब कमाए नाफा, कम्पनीहरुको रिपोर्ट कस्तो?

२०८३ भदौ १

हाइड्रोपावरले एक वर्षमा साढे सात गुणा बढाएर ११.७८ अर्ब कमाए नाफा, कम्पनीहरुको रिपोर्ट कस्तो?
हाइड्रोपावरले एक वर्षमा साढे सात गुणा बढाएर ११.७८ अर्ब कमाए नाफा, कम्पनीहरुको रिपोर्ट कस्तो?


काठमाडौं। जलविद्युत कम्पनीको नाफामा उच्च वृद्धि भएको छ। विद्युत उत्पादन बढ्दा र लागत घट्दा जलविद्युत कम्पनीको नाफा उच्च बढेको हो।

Tata
GBIME

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १११ वटा हाइड्रोपावर मध्ये वित्तीय विवरण सार्वजनिक गरेका १०८ कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ११ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएका छन्। कम्पनीले गत वर्ष कमाएको नाफा अघिल्लो वर्षभन्दा ७७०.२४ प्रतिशतले धेरै हो।

पछिल्लो एक वर्षमा कम्पनीहरुले साढे सात गुणा बढीले नाफा कमाएका हुन। अघिल्लो वर्ष सूचीकृत हाइड्रोपावरले १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएका थिए।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर सस्तो भएर लागत घटेपछि जलविद्युत कम्पनीको नाफा बढेको हो। हाइड्रोपावरले जलविद्युत बिक्रीबाट हुने आम्दानी पनि बढाएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)का अध्यक्ष मोहन डाँगीले विद्युत उत्पादनको सिजन भएकाले उत्पादन र खपत बढेका कारण हाइड्रोपावरको नाफा वृद्धि भएको बताए।

‘बर्खाको समय भएकाले आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत उत्पादन भयो। यस पटक उत्पादन गरेको विद्युत पनि खेर जान पाएन त्यसैले नाफामा सुधार आएको हो,’ उनले भने, ‘विद्युत खपतको आन्तरिक पेन्ट्रेसन बढेर २५०० मेगावटसम्म पुगेको छ। यसको समग्र फाइदा प्रोजेक्टलाइ भएको छ।’

गत वर्षको विवरण अनुसार ८१ वटा हाइड्रोपावर कम्पनी नाफामा छन्। २७ वटा नोक्सानीमा छन्। साहस ऊर्जाले सबैभन्दा धेरै १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ।

रसुवागढी हाइड्रोपावर सबैभन्दा धेरै १ अर्ब ४४ करोड रुपैयाँ नोक्सानीमा छ। अघिल्लो वर्ष आएको बाढीका कारण आयोजनामा क्षति हुँदा यसको नोक्सानी बढेको हो।

आयोजना निर्माण गर्दा लिएको ऋणको ब्याज भुक्तानीमा ठूलो रकम खर्च हुने गरेको छ। अघिल्लो असार अन्तिम साता आएको बाढीले क्षति पुगेका कारण रसुवागढी हाइड्रोपावरको विद्युत उत्पादन प्रभावित भएको थियो। त्यतिखेर आधा दर्जन जलविद्युत आयोजनामा क्षति पुगेको थियो।

हाइड्रोपावरको दुई आर्थिक वर्षको नाफा

कम्पनी२०८२/८३(नाफा हजारमा)२०८१/८२ (नाफा हजारमा)फरक %
साहस ऊर्जा१३५९१५६८९५१२६५१.८४
सोलु हाइड्रोपावर१११३८७९८३२३१८३३.८३
अपी पावर९६०६०५४१७५३९१३०.०६
अपर तामाकोशी९२५९३४-३६८०११७
माउण्टेन इनर्जी७९७०४३५२७६३३५१.०६
चिलिमे हाइड्रोपावर७२००५९६७६५२१६.४४
राधी विद्युत६५०३४७४३७३२१४८.७१
सानिमा मिडल तमोर६२४२९१४०९३४४५२.५१
ग्रिन भेन्चर्स४४४७४१३६८७१७२०.६२
सुपर मार्दी हाइड्रोपावर४२५९९३११२७९३२७७.६८
बुटवल पावर३३५४४२२१७३३६५४.३४
माण्डू हाइड्रोपावर३१८५५१६१८७९४१४.८
सुपर खुदी२९५९७६१९४६२२५२.०८
सानिमा माइ हाइड्रोपावर२९३४५०३२०४२०-८.४२
बलेफी हाइड्रोपावर२८२३१४-४३४५०२
सानिगाड हाइड्रोपावर२६५८८१५४२४४३९०.१६
अपर सोलु विद्युत कम्पनी२०८७६३११३२०३८४.४१
सिंगटी हाइड्रो इनर्जी२०६४६२१४९९९८३७.६४
हिमालयन पावर पार्टनर२००८७४७१२०५१८२.११
स्वेत गंगा हाइड्रोपावर१७७३४९१७९९९७५८.२
मध्ये भोटेकोसी जलविद्युत कम्पनी१६९५८४-४१६९६-५०६.७१
माउन्टेन हाइड्रो नेपाल१५९७२०-४१६०६४-१३८.३९
हिमालय ऊर्जा विकास कम्पनी१४९९१७३४८१५३३०.६१
रिजलाइन इनर्जी१४४९९२७३२२२९८.०२
विन्धबासिनी हाइड्रोपावर१३९८४१६०९७६१२९.३४
अरुण भ्याली हाइड्रोपावर१३७८९२४३३२५४-६८.१७
सिकलेस हाइड्रोपावर१३७५३३७७४९६७७.४७
मिड सोलु हाइड्रोपावर१२५१९२१३२१४०-५.२६
स्नो रिभर्स१११८१८३२७४३२४१.५
माथिल्लो मैलुङ खोला१११२८२-६८३७
अपर हेवाखोला१०८७०३६५४३१६६.१३
कालिका पावर१०४९८९९४१८२११.४७
विकास हाइड्रोपावर९८२७२३९७६५१४७.१३
भिजन लुम्बिनी ऊर्जा कम्पनी९०४५५-१००५६६
तेह्रथुम पावर कम्पनी८९३३९२३००२२८८.४
माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट८६७७८३०८९३१८०.९
पाँचथर पावर कम्पनी८५१६३-६१७२५
साञ्जेन जलविद्युत कम्पनी८१९७८-२७८९३९
स्याङे पावर डेभलपमेन्ट८०४९५४४१३३८२.३९
हिमालयन हाइड्रोपावर८०१७७६६७३९२०.१४
अरुण काबेली पावर७९६८११६९०८४-५२.८७
मकर जितुमाया सुरी हाइड्रोपावर७८२४३४६६९४६७.५७
युनाइटेड मोदी हाइड्रोपावर७५५६१५१०२६४८.०८
पिपुल्स हाइड्रोपावर कम्पनी७१४१६१०४२०२-३१.४६
पञ्चकन्या माई हाइड्रोपावर६६७९५-६८५६१
रुरु जलविद्युत परियोजना६४९०९८२९५१-२१.७५
आँखु खोला जलविद्युत६३५९५४१०३७५४.९७
भगवती हाइड्रोपावर डेभलपमेन्ट६१०९०६६१९७-७.७१
नेपाल हाइड्रो डेभलपर्स५९२१९५३४४०१०.८१
मोलुङ हाइड्रोपावर५७७१०२७३२४१११.२१
मन्दाकिनी हाइड्रोपावर५६६५८४२६२४३२.९३
युनाइटेड आइडीआइ इदी मार्दी५५७७७२६८०९१०८.०५
माइखोला हाइड्रोपावर५४२३६२६७४१९२८.२७
चिर्ख्वा हाइड्रोपावर५३००५-५४३६
कालंगा हाइड्रोपावर५२४५१-१३४८२
ङादी ग्रुप पावर४९१५०१७११५१८७.१७
रिडी पावर कम्पनी४७३३६१४०३१९-६६.२७
सगरमाथा जलविद्युत कम्पनी४४३८७२५५६४७३.६३
ग्रिन लाइफ हाइड्रोपावर४१९०५४२६५५-१.७६
ङादी हाइड्रोपावर४०४४७-९३३५६
रिभर फल्स् पावर३७९४६१०७९३४१६.६६
टक्सार पिर्खुवा खोला३५५७६-५६१३
युनियन हाइड्रोपावर३२६७८२६२२२२४.६२
रवा इनर्जी डेभलपमेन्ट३१२६२१८२७७७१.०५
दोर्दी खोला जलविद्युत२९९७२-७०५६९
युनिभर्सल पावर कम्पनी२७९६८५०३०५-४४.४
लिबर्टी इनर्जी कम्पनी२५२४०-४१३४२-१६१.०५
बरुण हाइड्रोपावर कम्पनी२३३६७१९८५५१७.६९
इस्टर्न हाइड्रोपावर२१०३३८६१६१४४.१२
समलिङ पावर कम्पनी१९८४८३४४३४७६.४७
मायाखोला हाइड्रोपावर कम्पनी१५८५०-६३५८१
दिव्यश्वरी हाइड्रोपावर१४५५५-६८६३
मनकामना इन्जिनियरिङ हाइड्रोपावर१३८७६-३२१२५
छ्याङदी हाइड्रोपावर१३३१७-४९७१०
बुद्धभूमि नेपाल हाइड्रोपावर११९५३-२२५९४
कुथेली बुखरी स्मल हाइड्रोपावर१०९९९८९३८२३.०६
सुभम पावर१०५७८५२५०१०१.४९
कालिञ्चोक हाइड्रोपावर६०६३२३३४१-७४.०२
दोल्ती पावर कम्पनी४७६८-२९७०५
सयपत्री हाइड्रोपावर३००४४१६०-२७.७९
मौलुङ खोला जलविद्युत कम्पनी१७३२२९८९-४२.०५
बराही हाइड्रोपावर-१२५६-५३६७
माबिलुङ इनर्जी-४४८५१४५२
मेन्छिएम हाइड्रोपावर-५५९२-३९४२६१
भूगोल इनर्जी डेभलपमेन्ट-९२२७-३०९६१
पिपुल्स पावर-१८०४०७८०२
एपोलो हाइड्रोपावर-१९३६५५३१४
घलेम्दी हाइड्रोपावर-२१८७७-२६७१८
नेसनल हाइड्रोपावर कम्पनी-२२९२९३२१७
भुजुङ हाइड्रोपावर-२५९९२-५०७०१
राप्ती हाइड्रो-२६४५३-७३७२८
खानी खोला हाइड्रोपावर-२८०१३-३४९९०
अपर लोहोरे खोला हाइड्रोपावर-२९०१८-२१५२१
इङ्वा हाइड्रोपावर-३१४१८२२२१
थ्रीस्टार हाइड्रोपावर-३१५२३२५३
भुजुङ हाइड्रोपावर-३१८६९-११९१६०
सुर्यकुण्ड हाइड्रोपावर-३३१९१-१६९६
याम्बलिङ हाइड्रोपावर-५३३१७३९२१८
एसियन हाइड्रोपावर-५९१८३-३१५५९
सान्भी इनर्जी-६७९०७२७३८९
शिखर पावर डेभलपमेन्ट-७५७८४-२४३२७
मोदी इनर्जी-८०३००-९८८७२
हिमाल दोलखा हाइड्रोपावर-९५२२३-५६४४३
दरख खोला हाइड्रो इनर्जी-१०१८१७२७२१३
हिमस्टार ऊर्जा कम्पनी-११०८४७-५३५
शिभश्री हाइड्रोपावर-११९११०१००६२
त्रिशुली जलविद्युत कम्पनी-१३१६५५-२९१४१
रसुवागढी हाइड्रोपावर-१४४५८९०-४२९५४१
कुल११७८५१०५१३५४२३६७७०.२४

हाइड्रोपावरको आयोजना निर्माणका क्रममा वित्तीय लागतमा ठूलो रकम खर्च हुने गरेको छ। यसपटक ब्याजदर न्यून अंकमा आउँदा लागत घटेको प्रवर्धकहरुले बताएका छन्।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर अहिले न्यून विन्दुमा आएको छ। बैंकको ब्याजदर पछिल्लो तीन वर्षदेखि निरन्तर ओरालो लागिरहेको छ। निक्षेपको ब्याजदर २ प्रतिशतमा भन्दा तल झरेको छ। ब्याजदरमा गिरावटको प्रभाव जलविद्युत कम्पनीको नाफामा हो।

विद्युत उत्पादनका लागि वर्षातका कारण पहिलो र अन्तिम त्रैमास राम्रो सिजन मानिन्छ। यो अवधिमा आयोजना पूर्ण क्षमतामा संचालनमा आउँछन्। सुख्खायाममा नदीमा पानीको बहाब घट्ने भएका कारण विद्युत उत्पादन एक तिहाइमा झर्ने गरेको छ। तर, यस वर्ष हिउँदामा पनि पानी परेका कारण विद्युत उत्पादन १० देखि १५ प्रतिशतसम्म बढेको ऊर्जा प्रवर्धकले बताएका छ्न।

जलविद्युत कम्पनीको यस वर्ष विद्युत बिक्रीबापत हुने आम्दानी बढेको छ। वर्षायाममा आन्तरिक खपत गरेर बढी भएको बिजुली नेपाल विद्युत प्राधिकरणले भारत निर्यात गर्दै आएको छ।