BIZMANDU
www.bizmandu.com

बेल्जियममा घर मर्मत गर्दा भेटियो खजाना, भित्ता फोर्दा निस्कियो ९० लाख युरोको सुन

२०८३ साउन ३१

बेल्जियममा घर मर्मत गर्दा भेटियो खजाना, भित्ता फोर्दा निस्कियो ९० लाख युरोको सुन
बेल्जियममा घर मर्मत गर्दा भेटियो खजाना, भित्ता फोर्दा निस्कियो ९० लाख युरोको सुन


काठमाडौं । बेल्जियमको ईस्ट फ्ल्यान्डर्समा रहेको घरबाट ठूलो परिणाममा सुन भेटिएको छ। घर मर्मत गर्दैगर्दा मजदुरहरुले घरको भित्ताभित्र करिब ९० लाख युरो (करिब १ अर्ब ५८ करोड रुपैयाँ) बराबरको सुन फेला पारेको बीबीसीले जनाएको छ।

Tata
GBIME

मर्मतका क्रममा भित्ता ड्रिलिङ गर्दा सुनका सिक्का र ब्लकहरु भेटिएको हो। यससँगै यति धेरै खजाना कसको होला भन्ने चासो बेल्जियममा बढेको छ।

बहुमूल्य वस्तु भेटिएपछि मजदुरहरुले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले सबै सुन सुरक्षित स्थानमा राखेको जनाएको छ। प्रहरीले सुन भेटिएको प्रकरणबारे अनुसन्धान थालेको छ।

सुन पाएको स्थानमा भिड बढेपछि प्रहरीले मानिसहरुलाई थप सुन खोज्न निर्माणस्थलमा नजान आग्रह गरेको छ।

बेल्जियमको कानुनअनुसार वास्तविक मालिकले पाँच वर्षसम्म बहुमूल्य वस्तुमा दाबी गर्न सक्छ। मालिक पत्ता नलागेमा वा कानुनी प्रक्रिया पूरा भएपछि भने सो वस्तुको केही हिस्सा भेट्टाउने व्यक्तिलाई र जग्गा मालिकबीच बाँडिन सक्ने व्यवस्था छ।

तर, सो सुन कुनै अपराधिक क्रियाकलापबाट जोडिएको भेटिएमा उनीहरुले खजानाको हिस्सा नपाउन पनि सक्छन्।

सो स्थानको स्वामित्व हाल एउटा सामाजिक कल्याणकारी संस्थासँग रहेको छ। सो संस्थाले सुन फेला परेपछि कानुनी प्रक्रियाबाट हिस्सा पाएको खण्डमा सामाजिक सेवामा प्रयोग गर्ने जनाएको छ।