BIZMANDU
www.bizmandu.com

आइतबार सुनचाँदी महँगियो, सुनको मूल्य तोलामा ३ हजार ६०० र चाँदी ५० रुपैयाँ वृद्धि

२०८३ साउन ३१

आइतबार सुनचाँदी महँगियो, सुनको मूल्य तोलामा ३ हजार ६०० र चाँदी ५० रुपैयाँ वृद्धि
आइतबार सुनचाँदी महँगियो, सुनको मूल्य तोलामा ३ हजार ६०० र चाँदी ५० रुपैयाँ वृद्धि

काठमाडौं। आइतबार सुनचाँदी महँगिएको छ। शुक्रबारको तुलनामा सुन तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको हो।

Tata
GBIME

आइतबारका लागि सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार प्रति तोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो

बिहीबार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रति तोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर आइतबार प्रति तोला ४ हजार ७१० रुपैयाँ कायम भएको छ।

शुक्रबार चाँदी ९० रुपैयाँले घटेर प्रति तोला ४ हजार ६६० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रति तोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस ४३७६.६२ डलर छ। चाँदी प्रति औंस ६४.७ डलर छ।