BIZMANDU
www.bizmandu.com

इन्डोनेसियामा भूकम्प पछि उद्धार र राहतमा ३५०० बढी सुरक्षाकर्मी परिचालन, ५ हजार बढी विस्थापित

२०८३ साउन ३१

इन्डोनेसियामा भूकम्प पछि उद्धार र राहतमा ३५०० बढी सुरक्षाकर्मी परिचालन, ५ हजार बढी विस्थापित
A damaged building is seen following a 7.0-magnitude earthquake in Ruteng, Manggarai, East Nusa Tenggara, on August 15, 2026. A strong 7.7-magnitude earthquake struck off Flores island in eastern Indonesia early on August 15, the US Geological Survey and Indonesian authorities said, triggering a tsunami warning and prompting hundreds to evacuate. (Photo by SELO / AFP)


इन्डोनेसियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ५० नाघेको छ। स्थानीय संचारमाध्यमहरुका अनुसार हालसम्म ५१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। यो संख्या थप बढ्ने अनुमान छ।

Tata
GBIME

शनिबार गएको ७.७ म्याग्नेच्युडको भूकम्ले इन्डोनेसियाको पूर्वी क्षेत्रमा ठूलो क्षति गरेको छ। धेरै क्षेत्रका सडक क्षतिग्रस्त बनेका छन् भने पहिरोका कारण आधारभूत सेवाको पहुँचमा पनि क्षति पुगेको छ।

हालसम्म ३४० भन्दा परकम्प गइसकेको र प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहेको छ। १ हजार ३०० भन्दा बढी घरहरुमा क्षति पुगेको प्रारम्भिक रिपोर्ट छ।

५ हजारजना भन्दा बढीलाई प्रभावित क्षेत्रबाट स्थानान्तरण गरिएको छ। सिका क्षेत्रबाट मात्रै ३ हजार ३०० भन्दा बढी मानिसले बासस्थान छाडेका छन्। उनीहरु हाल स्पोर्ट्स एरिनामा छन्।

प्रशासनले ३ हजार ५०० भन्दा बढी सुरक्षाकर्मीलाई सो क्षेत्रमा परिचालन गरेको छ।