काठमाडौं। नाइमा मोबिलिटी एक्स्पोमा यसपटक सवारीसाधनका नयाँ मोडल र प्रविधिसँगै व्यवसायीहरूको सक्रिय उपस्थितिले पनि ध्यान खिचेको छ।
सामान्यतया व्यवस्थापनको जिम्मेवारीमा देखिने व्यवसायीहरू नै एक्स्पोको स्टलमा बसेर ग्राहकसँग प्रत्यक्ष संवाद र डिल गरिरहेका छन्।

एक्स्पोमा आकाश गोल्छा, बरदान बस्नेत, हेमन्त गोल्छा, रितु सिंह वैद्य, सुर्यान्स वैद्य, निकुञ्ज अग्रवाल र सिरिस मुरारका लगायत व्यवसायीहरू आफ्ना ब्रान्डका स्टलमा ग्राहकसँग प्रत्यक्ष भेटघाट गरिरहेका देखिए।


कसैले नयाँ मोडलको विशेषता बुझाइरहेका छन् भने कसैले मूल्य, फाइनान्सिङ, एक्सचेन्ज र बुकिङका विषयमा ग्राहकसँग छलफल गरिरहेका छन्। स्टलमै व्यवसायीको उपस्थितिले ग्राहकसँग प्रत्यक्ष प्रतिक्रिया लिन र बजारको धारणा बुझ्नसमेत सहज बनाएको छ।
नाइमा एक्स्पोमा देखिएको यो दृश्यले नेपाली अटो बजारमा ग्राहकसँगको प्रत्यक्ष सम्बन्ध र बिक्रीको प्रतिस्पर्धा कति महत्त्वपूर्ण बन्दै गएको छ भन्ने देखाउँछ।


ठूलो लगानी र तयारीका साथ आयोजना गरिएको एक्स्पोमा व्यवसायीहरू कार्यालयको बैठक छाडेर स्टलमै उत्रिनुले पनि यसपटकको प्रदर्शनीलाई विशेष बनाएको छ।
यस्तै, गाडी अगाडि मोडलहरू पनि राखिएका छन्।





