BIZMANDU
www.bizmandu.com

आर्थिक गतिविधि सुस्त हुँदा नाफा बढाएका बैंकहरुको खराब कर्जा साढे ५ प्रतिशत नजिक

२०८३ साउन ३०

आर्थिक गतिविधि सुस्त हुँदा नाफा बढाएका बैंकहरुको खराब कर्जा साढे ५ प्रतिशत नजिक
आर्थिक गतिविधि सुस्त हुँदा नाफा बढाएका बैंकहरुको खराब कर्जा साढे ५ प्रतिशत नजिक


काठमाडौं। आर्थिक गतिविधि सुस्त हुँदा वाणिज्य बैंकहरुले भने २९.४६ प्रतिशतले नाफा बढाएका छन्। वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८२/८३ मा ६९ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएका हुन्।

Tata
GBIME

नाफा बढ्नुको मुख्य कारण भने कर्जा नोक्सानी (प्रोभिजनिङ) घट्नु नै हो। अघिल्लो वर्ष ५४ अर्ब ९० करोड रहेको कर्जा गत वर्ष घटेर ४७ अर्ब ८५ करोडमा सीमित भएको छ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द घिमिरे रिकभरी केही सुधार भएको बताउँछन्। ‘समग्रमा बैंकहरुको ऋण असुली मिक्स खालको देखिन्छ। केही बैंकहरुको रिकभरी राम्रो देखिएको छ। केही टपमा छ,’ उनले भने, ‘विगतमा सानो सानो कर्जा असुलीम समस्या देखिएकोमा अहिले त्यसमा त्यस्तो समस्या छैन।’

साथै, गत वर्ष बैंकहरुले ब्याज आम्दानी समेत बढेको छ। वाणिज्य बैंकहरुको ब्याज आम्दानी १ खर्ब ९२ अर्ब २८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकहरुको ब्याज आम्दानी १ खर्ब ८९ अर्ब ८४ करोड रुपैयाँ थियो।

पछिल्लो त्रैमासमा असुली भएको ऋण अपग्रेड गर्न नमिल्ने भएकाले प्रोभिजन घट्ने र नाफा बढ्ने भएपनि खराब कर्जा सुधार नदेखिएको अर्का एक बैंकका सीइओले बताए।

‘कुनै कर्जा ५० प्रतिशत प्रोभिजिनङ गरेका थियौं। त्यो कर्जा वैशाख-जेठमा असुली भयो। अब प्रोभिजनिङ कम हुन्छ जसले नाफा केही बढ्छ,’ ती सीइओले भने,’ तर, त्यो कर्जा अर्कालाई अपग्रेड अहिले नै गर्न मिल्दैन। जसकारण ऋण असली भए पनि खराब कर्जा कम हुने भएन।’

वाणिज्य बैंक२०८२/८३ नाफा रु.(करोडमा)२०८१/८२
नाफा रु.(करोडमा)
नाफा फरक %२०८२/८३ ब्याज आम्दानी रु.(करोडमा)२०८१/८२ब्याज आम्दानी रु.(करोडमा)२०८२/८३
प्रोभिजनिङ रु.(करोडमा)
२०८१/८२
प्रोभिजनिङ रु.(करोडमा)
एनएमबि बैंक४०१२८५४०.७९४२८०२२३४१६३
सानिमा बैंक३५५२५७३८.१३६९९६३५१०७१८.८९
सिद्धार्थ३५१३३६४.४६९०५८४३१७६१३७
एभरेष्ट५०६४८३४.७६९१९९१०२७-१५
नबिल७९०५९२३३.४५१७००१६३२२६७४२०
ग्लोबल६२२५०७२२.६८१६२०१६६७४७८५९७
कृषि२६३३७३-२९.४९९१२९४४११७२६३
नेपाल एसबिआई२०४१८११२.७१५३३५२६९४१०३
कुमारी७३८१८१३०७.७३१२०१११६२-१४३३४५
राष्ट्रिय वाणिज्य४५५२८३६०.७८११९६१०१५८४२२३
प्रभु-२४८७-१२७.५९९२६७१९४९४२४०
प्राइम४११३२०२८.४४९२१८९११७३२७२
माछापुच्छ्रे२१११८८१२.२३६०७५७५१०८५५६
हिमालयन१४८१२९१४.७३८८११०४५२८९३७५
सिटिजन्स२०९१२८६३.२८६२९६४१८२२६८
स्टान्डर्ड चार्टर्ड२८५३०१-५.३२३९४४४६-१५-३३
एनआइसी एसिया१८-३८७७८४१०१३२९१९७१
नेपाल इन्भेष्टमेन्ट२७४४३३-३६.७२१२९८१४२०६१९४३७
लक्ष्मी सनराइज३११४०६-२३.४११५८१०८५३४९१२५
नेपाल बैंक४५०३०७४६.५८१००३१०१३-१०१२२५
जम्मा६९७८५३९०२९.४६१९२२८१८९८४४७८५५४९०.८९
स्रोत : बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण

प्रोभिजनिङ घटेको भए पनि खराब कर्जामा वृद्धि भएको छ। पछिल्लो एक वर्षमा बैंकहरुको औसत खराब कर्जा ०.८३ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचनाको सुविधा सकिएपछि केही कर्जा माथिल्लो वर्षमा जाँदा त्यसले केही खराब कर्जा बढाएको उनले बताए।

‘राष्ट्र बैंकले दिएका रिस्ट्रक्चरिङ लगायतका सुविधा अवधि सकिसकेको अवस्था हो। हिजो गरेको रिस्ट्रक्चरिङ सुविधा सकिएपछि त्यस्तो कर्जा माथिल्लो वर्गमा जान्छन्। त्यसले केही खराब कर्जा बढाइएको हो,’ उनले भने, ‘पर्याप्त मात्रामा प्रोभिजनिङ हुँदा खराब बढेको धेरै समस्या हुँदैन।

गत आव एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम ०.४९ छ भने सबैभन्दा धेरै एनआइसी एसिया बैंकको १५.५५ प्रतिशत छ।

अघिल्लो वर्षको तुलनामा बैंकहरुको पुँजीकोष अनुपात सुधार भएको छ। कर्जा नोक्सानी कम हुँदा बैंकहरुको पुँजीकोष अनुपात सुधार हुन थालेको छ। अघिल्लो वर्ष वाणिज्य बैंकहरुको औसत प्राथमिक पुँजीकोष ९.७६ प्रतिशत रहेकोमा अहिले ९.९० प्रतिशत छ।

पुँजीकोष सुधार हुनु भनेको बैंकहरुको कर्जा लगानी स्पेस थप बलियो हुनु नै हो। अधिक तरलता हुँदा पनि पुँजीकोष दबाब हुँदा बैंकहरुले कर्जा लगानी बढाउन सक्दैनन। त्यसकारण पुँजीकोष जति धेरै हुन्छ बैंकहरुसँग लगानीको क्षेत्र पनि त्यति नै बढी फराकिलो हुन्छ।

वाणिज्य बैंक२०८२/८३
खराब कर्जा %
२०८१/८२
खराब कर्जा %
२०८२/८३
प्राथमिक पुँजीकोष अनुपात%
२०८२/८३
प्राथमिक पुँजीकोष अनुपात%
२०८२/८३
औसत बेसरेट%
२०८१/८२
औसत बेसरेट%
एनएमबि बैंक४.९१४.११९.९९.०५५.११६.२२
सानिमा बैंक२.८७३.०११०.१७९.८६४.९१६.१२
सिद्धार्थ३.५३२.६२१०.८८९.८७५.०२६.४२
एभरेष्ट०.४९०.३८९.९८१०.४४४.२५५.३६
नबिल४.२४.४८९.६८९.३१४.४४५.८३
ग्लोबल४.९६४.८६१०.०४१०.३४४.७५५.७६
कृषि४.०७३.४४११.३५११.९२४.५६५.८७
नेपाल एसबिआई२.९२३.३५९.३७९.७६५.२१६.२९
कुमारी७.४६६.९५९.९२८.५१५.०८६.४४
राष्ट्रिय वाणिज्य३.९५३.७९९.१९८.९८४.२४.७८
प्रभु१५.५५७.०१८.१७८.८३४.९९६.६७
प्राइम६.६९५.८१९.८८९.९८४.९५६.४९
माछापुच्छ्रे३.९८३.९६८.६९.२७५.०४६.३
हिमालयन७.९६७.९७८.१९७.६९५.३१६.६३
सिटिजन्स५.८८४.८९९.२३८.९५५.०४६.२५
स्टान्डर्ड चार्टर्ड२.०३१.४११६.६८१५.७६४.४२४.९६
एनआइसी एसिया९.२६८.७४६.२७६.८७५.८३७.०५
नेपाल इन्भेष्टमेन्ट८.६६६.३५९.४६१०.४३४.६४५.७८
लक्ष्मी सनराइज५.२३४.३५९.९१०.११५.०५६.५
नेपाल बैंक४.१८४.५६११.२७९.४१४.४५५.५८
औसत ५.४३४.६०९.९०९.७६४.८६६.०६
स्रोत : बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण

कर्जा लगानी अपेक्षाजनक नहुँदा पछिल्लो २/३ वर्षदेखि बैंकहरुले घटाउदै आइरहेको निक्षेपको ब्याजदरले लागत कम भई बेसरेट घट्दा कर्जा सस्तिदै आइरहेको छ। बैंकहरुको औसत बेसरेट ५ प्रतिशत तल आएको छ। यसले कर्जाको ब्याजदर घटिरहेको संकेत गर्छ।

कर्जा नोक्सानी घटेर नाफा बढ्दा अधिकांश बैंकहरुको वितरणयोग्य नाफा सकारात्मक भई लाभांश क्षमता समेत बढेको छ।

गत वर्ष १६ वटा बैंकको लाभांश दिन सक्ने क्षमता देखिएको छ। बैंकहरुको न्यूनतम ३.०२ देखि अधिकतम ३८.३२ प्रतिशतसम्म लाभांश क्षमता देखिएको छ।

सबैभन्दा धेरै लाभांश क्षमता एभरेष्ट बैंकको ३८.३ देखिएको छ भने सबैभन्दा कम कुमारी बैंकको ३.०२ प्रतिशत छ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया, प्रभु र हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ। जसकारण यी बैंकहरुको लाभांश क्षमता पनि ऋणात्मक देखिएको छ।

३ वटा बैंकको लाभांश क्षमता २० प्रतिशत माथि छ भने ५ बैंकको १० प्रतिशतदेखि २० प्रतिशतसम्म लाभांश क्षमता देखिएको छ। अघिल्लो वर्षको नाफाबाट गत वर्ष १३ वटा बैंकले सेयरधनीलाई लाभांश दिएका थिए। यो वर्ष भने १६ वटा बैंक लाभांश दिन सक्ने क्षमता बनाएका छन्।

‘ऋण असुली सुधार हुँदा त्यसले कर्जा नोक्सानी घटेर नाफा बढाएको छ। असुली सुधार हुँदा रेगुलेटरी रिजर्भको रुपमा छुट्याउनु पर्ने प्रावधान कम हुन्छन्,’ उनले भने,’जसले गर्दा वितरणयोग्य मुनाफा बढेपछि लाभांश क्षमता पनि बढेको हो।’

एनआइसी एसिया बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै १४ अर्ब ८६ करोड रुपैयाँले ऋणात्मक छ। त्यसैगरी, प्रभु बैंकको ६ अर्ब ३१ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ अर्ब ८ करोड र हिमालयन बैंकको वितरणयोग्य नाफा ९ अर्ब ८४ करोडले ऋणात्मक देखिएको छ।

वाणिज्य बैंकहरु२०८२/८२ वितरणयोग्य मुनाफा (रु.करोडमा)लाभांश क्षमता
एनएमबि बैंक१७५९.०८
सानिमा बैंक२८३२०.८५
सिद्धार्थ३८६२६.१५
एभरेष्ट५२५३८.३२
नबिल५१६१९.१
ग्लोबल४५८१२.०२
कृषि१२६६.५४
नेपाल एसबिआई१२५११.०४
कुमारी७९३.०२
राष्ट्रिय वाणिज्य१०७६.८९
प्रभु-६३१
प्राइम१९०९.१
माछापुच्छ्रे९८७.५१
हिमालयन-९८४
सिटिजन्स५२३.३७
स्टान्डर्ड चार्टर्ड१.९११९.०४
एनआइसी एसिया-१४८६
नेपाल इन्भेष्टमेन्ट-५०८
लक्ष्मी सनराइज१८१६.७९
नेपाल बैंक२३२१५.८४
स्रोत : बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण

यसरी हेर्दा वाणिज्य बैंकहरुको नाफा बढे पनि बैंकिङ क्षेत्रको समग्र अवस्था पूर्णरूपमा सुधारिएको मान्न सकिने अवस्था छैन। कर्जा असुलीमा केही सुधार, प्रोभिजनिङमा कमी र ब्याज आम्दानीमा भएको वृद्धिले नाफा बढाउन सहयोग गरे पनि खराब कर्जा बढ्नु चुनौतीकै रूपमा देखिएको छ।

अर्कोतर्फ, पुँजीकोषमा सुधार र घट्दो बेसरेटले आगामी दिनमा कर्जा विस्तारको सम्भावना बढाएको छ। कर्जाको माग बढाउन सके बैंकहरुको आम्दानी थप विस्तार हुन सक्छ। अहिलेको अवस्थामा बैंकहरुले नाफा बढाउनुका साथै खराब कर्जा नियन्त्रण, कर्जा विस्तार र गुणस्तरीय लगानीमा ध्यान दिनुपर्ने देखिन्छ। यसले मात्र बैंकिङ क्षेत्रको सुधारलाई दिगो बनाउन सक्नेछ।