काठमाडौं। भारतीय विद्युतीय दुईपांग्रे ब्रान्ड बिगसले नेपाली बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर बिक्री सुरु गरेको छ। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै सी१२ म्याक्स आर र ऊहाव म्याक्स प्लस सार्वजनिक गरेको हो।
एउटा मोडल कामकाजी बाइक/स्कुटर प्रयोगकर्ता लक्षित छ भने अर्को युवाको रोजाइ अनुसारको छ। बिगस अटो प्रालिले बिगस सी१२ म्याक्स आरको मूल्य ३ लाख २९ हजार ९९९ रुपैयाँ र ऊहाव म्याक्स प्लसको मूल्य २ लाख ७७ हजार ९९९ रुपैयाँनिर्धारण गरेको छ।
नयाँ दुई मोडलसँगै बिगसले नेपाली इलेक्ट्रिक स्कुटर बजारमा आफ्नो लाइनअप विस्तार गरेको छ। सी१२ म्याक्स आरलाई दैनिक आवागमनका लागि लक्षित गरिएको छ भने ऊहाव म्याक्स प्लसलाई युवा तथा सहरी ग्राहकलाई लक्षित गरी ल्याइएको छ।
यसअघि नेपाली बजारमा बिगसको सी१२ र आरयूभी ३५० लगायतका मोडल बिक्री हुँदै आएका छन्। सी१२ को नेपाली बजार मूल्य भेरियन्टअनुसार २ लाख २८ हजार ४ सयदेखि ३ लाख ४ हजार ९ सय रुपैयाँसम्म छ।
नयाँ मोडलको प्रवेशसँगै नेपाली बजारमा २.५ देखि ३.५ लाख रुपैयाँको मूल्य सेगमेन्टमा इलेक्ट्रिक स्कुटरबीच प्रतिस्पर्धा थप बढ्ने देखिएको छ।