BIZMANDU
www.bizmandu.com

व्यवसायी शाहलाई डेढ करोड धरौटीमा रिहाको आदेश, गैह्रे र थापालाई पनि धरौटी सुविधा

२०८३ साउन २९

व्यवसायी शाहलाई डेढ करोड धरौटीमा रिहाको आदेश, गैह्रे र थापालाई पनि धरौटी सुविधा
व्यवसायी शाहलाई डेढ करोड धरौटीमा रिहाको आदेश, गैह्रे र थापालाई पनि धरौटी सुविधा

काठमाडौं। विशेष अदालतले व्यवसायी राजबहादुर शाहलाई एक करोड ५० लाख रुपैयाँ धरौटीमा रिहाको आदेश दिएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा शाहलाई अदालतले धरौटी सुविधा दिएको हो।

GBIME
Tata

अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले शाहलाई धरौटी सुविधा दिएको हो। अदालतले सोही मुद्दामा प्रतिवादी कायम रहेका शिशिर गैह्रे र सुरेन्द्र थापालाई पनि धरौटीमा रिहाको आदेश गरेको छ। अदालतले गैह्रेसँग २० लाख र थापासँग दश लाख रुपैयाँ धरौटी माग गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शाहसँग एक अर्ब ४१ करोड ८० लाख ७२ हजार ९०१ रुपैयाँ बिगो दाबी गरिएको छ। मुद्दामा गैह्रेसँग ६ अर्ब चार करोड ३४ लाख दुई हजार २५७ रुपैयाँ तथा थापासँग चार करोड ९० लाख ३२० रुपैयाँ बिगो दाबी मुद्दामा गरिएको छ।