BIZMANDU
www.bizmandu.com

कांग्रेस एकढिक्का हुने शेखर कोइरालाको विश्वास, इतर समूहको भेलामा भने- हामी मिलाउँछौं

२०८३ साउन २९

कांग्रेस एकढिक्का हुने शेखर कोइरालाको विश्वास, इतर समूहको भेलामा भने- हामी मिलाउँछौं
कांग्रेस एकढिक्का हुने शेखर कोइरालाको विश्वास, इतर समूहको भेलामा भने- हामी मिलाउँछौं


काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकढिक्का बनाउनुको विकल्प नरहेको बताएका छन्।

Tata
GBIME

उनले शुक्रबार संस्थापनइतर समूहले गरेको राष्ट्रिय भेलामा सम्बोधन गर्दै देशको अस्तित्व नै खतरामा रहेको अवस्थामा पार्टीका नेता कार्यकर्ता एकढिक्का हुनुपर्ने बताए।

‘अहिले देशको अवस्था अत्यन्त संकटग्रस्त अवस्थामा छ। देशको अस्तित्व खतरामा छ। देशको राष्ट्रियता खतरामा छ। यो किन भइराखेको छ? भन्ने कुरा हामीहरुले बुझ्न जरुरी छ। नेपाली कांग्रेस मात्रै एउटा यस्तो पार्टी हो जसले सबैलाई मिलाएर हिंड्न सक्छ। यसका लागि हामी एकढिक्का हुन आवश्यक छ,’ उनले भने।

उनले पार्टी अहिले विभाजित मनस्थितिबाट गुज्रिरहे पनि एकढिक्का हुनेमा आफू विश्वस्त रहेको बताए।

‘पार्टीलाई हामी मिलाउँछौं। कांग्रेस एकढिक्का बन्छ भन्ने कुरा म त विश्वस्त छु। कांग्रेस एकढिक्का हुने बित्तिकै अन्य दलसँग सहमति, सहकार्य र एकता गरेर अगाडी बढ्नु पर्छ,’ उनले भने।

नेता कोइरालाले राष्ट्रियतालाई मजबुत बनाउन अरु पार्टीसँग सहकार्य आवश्यक रहेको बताए। ‘लोकतन्त्र अहिले बडा अप्ठ्यारो स्थितिमा छ। तपाइँहरुले देखिरहनु भएको छ, संसद् कसरी चलिरहेको छ भनेर। न्यायपालिका स्वतन्त्र मात्रै होइन, निष्पक्ष पनि हुनुपर्छ भनेर हामी भनिराख्या छौं। तर अत्यन्त नाजुक अवस्थामा गइरहेको छ,’ उनले भने।