BIZMANDU
www.bizmandu.com

न्यून ब्याजदर र उच्च तरलतामै नेप्से बियरिस, सरकारका गतिविधिले लगानीकर्तामा छैन ‘कन्फिडेन्स’

२०८३ साउन २९

न्यून ब्याजदर र उच्च तरलतामै नेप्से बियरिस, सरकारका गतिविधिले लगानीकर्तामा छैन ‘कन्फिडेन्स’
न्यून ब्याजदर र उच्च तरलतामै नेप्से बियरिस, सरकारका गतिविधिले लगानीकर्तामा छैन ‘कन्फिडेन्स’


काठमाडौं। उच्च तरलता र न्यून ब्याजदर सेयर बजारमा लगानीका लागि अनुकूल मानिन्छ। सेयर बजार सूचक कीर्तिमानी उचाइमा पुग्दा ५ वर्षअघि ब्याजदर तल्लो विन्दुमा र तरलता निकै सहज अवस्थामा थियो। २०७८ भदौमा सूचक ३१९८ अंकमा पुग्दा बैंकमा ऋणको औसत ब्याजदर ८.५७ प्रतिशत थियो।

Tata
GBIME

बैंकको ब्याजदर पछिल्लो तीन वर्षदेखि निरन्तर घटिरहेको छ। वाणिज्य बैंकको कर्जाको औसत ब्याजदर ६.६४ प्रतिशत र तरलता फालाफाल हुँदा सूचक २६४३ अंकमा छ।

सेयर बजार सूचक शुक्रबार ७.३७ अंकले घट्यो। दुई तिहाइ बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार चलाइरहँदा सेयर बजार माथि जान सकेको छैन।

बरु कर्जाको ब्याजदर निरन्तर घट्दा र बैंकमा लगानीयोग्य रकम फालाफाल रहेकै अवस्थामा सेयर बजार बियरिस भएको छ।

विगतमा बैंकको ब्याजदर घट्दा त्यसको प्रभाव तुरुन्त सेयर बजारमा देखिने गरेकामा यसपटक ब्याजदर न्यून र तरलता उच्च हुँदा समेत बजार बियरिस बनेको हो। लगानीकर्ताले कन्फिडेन्स गुमाउँदा बजारमा सूचक सँगै कारोबार रकम समेत घटेको छ। ब्रोकरहरु अनुकूल सूचकले अहिले बजारमा काम नै नगरेको बताउँछन्।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष नितेशकुमार अग्रवाल बजारमा लगानीकर्ताहरु ‘पर्ख’ र ‘हेर’को अवस्थामा देखिएको बताए।

‘बजार एकदमै सुस्त छ। सबै पर्ख र हेरको अवस्थामा देखिन्छन्। कम्पनीको ब्यालेन्स सिटले पनि प्राइस मुभ गर्न सकेको छैन,’ उनले भने, ‘त्यसबाहेक पुरानो संरचनागत समस्या छँदैछ। लगानीकर्ताको कन्फिडेन्स नहुँदा यस्तो भएको हो।’

बैंकहरुको ब्याजदर र सेयर बजार सूचक

आर्थिक वर्ष २०७८/७९वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर %नेप्से सूचक अंकमा
साउन८.४८३१६०
भदौ८.५७३१९८
असोज८.६९२६५७
कात्तिक९.०२२७८५
मंसिर९.२९२४१५
पुस९.४४२८५८
माघ१०.३१२८०२
फागुन१०.६२६६८
चैत१०.७८२४१५
वैशाख११.४२२३५०
जेठ११.५४१९९६
असार११.६२२०१०
आर्थिक वर्ष २०७९/८०
साउन११.९४२०४१
भदौ१२.०६१९१०
असोज१२.१९१८५८
कात्तिक१२.६५१९११
मंसिर१२.७४१८८३
पुस१२.७९२१४९
माघ१३.०३२१२२
फागुन१३.०३१९५३
चैत१२.८४१९३४
वैशाख१२.६५१८२२
जेठ१२.५३२०४२
असार१२.३२०९७
आर्थिक वर्ष २०८०/८१
साउन१२.२४२०३३
भदौ१२.२३१९६५
असोज१२.१११८६५
कात्तिक११.९६१८५२
मंसिर११.८५१९९४
पुस११.३८२१२१
माघ११.०८२१०१
फागुन१०.७८२१०८
चैत१०.५५२०२६
वैशाख१०.३४१९९८
जेठ१०.१५२११२
असार९.९३२२४०
आर्थिक वर्ष २०८१/८२
साउन९.६८३०००
भदौ९.५२२५८०
असोज९.३३२७४२
कात्तिक९.०७२७४८
मंसिर८.९२६८२
पुस८.६९२५९४
माघ८.५५२६८५
फागुन८.४२७३६
चैत८.२२२६६२
वैशाख८.११२६२०
जेठ७.९९२६५५
असार७.९९२७९४
आर्थिक वर्ष २०८२/८३
साउन७.७६२७८८
भदौ७.७६२६७२
असोज७.७६२६२३
कात्तिक७.३८२५४०
मंसिर७.२६२६०१
पुस७.१२२६४१
माघ२६७१
फागुन६.९२८२०
चैत २७६.९२८३७
वैशाख६.७३२७३०
जेठ६.६४२७२४
असार२५९७
आर्थिक वर्ष २०८३/८४
साउन २९२६४३

दुई तिहाइको सरकारले उद्योगी व्यवसायीदेखि कर्मचारी प्रशासनसम्म जताततै त्रास सिर्जना गरेका कारण लगानीकर्ताले कन्फिडेन्स गुमाएका हुन्। सरकारले व्यवसायीहरुलाई एकपछि अर्को गरी धरपकड गरिरहेको छ।

कानुनको गलत प्रयोग गरेर मुद्दा चलाउन थालेपछि निजी क्षेत्र थप त्रसित बनेको छ। कर्मचारीहरुमा भयको वातावरण छ। कर्मचारीको सबैभन्दा उपल्लो पद अर्थात सचिवमा बहाल रहेकाहरुले नै कार्यकाल बाँकी छँदै राजीनामा दिन थालेका छन्।

‘सरकारका गतिविधिले जताततै त्रास छ। कुनै क्षेत्रमा पनि उत्साह देखिंदैन। यस्तो बेलामा लगानीकर्ताले के आशाले लगानी गर्ने?,’ एक विश्लेषकले भने, ‘लगानी गर्नका लागि कन्फिडेन्स चाहिन्छ। सरकारले कन्फिडेन्स बढाउने काम गर्नुको साटो घटाउने गतिविधि गरिरहेको छ। त्यी कारण अरु सूचक धेरै अनुकूल हुँदा पनि अहिले बजार बियरिस भएको हो।’

लगानीकर्ताहरु पनि लगानीको माहोल बिथोलिएका कारण बजारमा असर परेको बताउँछन्।

‘वित्तीय विवरण निकालेका कम्पनीहरुको स्थिति राम्रो देखिएको छ। लगानीकर्तालाई प्रतिफल दिने क्षमता पनि राम्रै देखिन्छ,’ नबिल इन्भेष्टमेन्ट बैंकिङका सीइओ मनिष जोशीले भने, ‘बैंकको ब्याजदर र तरलताको अवस्था राम्रो छ। तर, यी सबै कुराहरु हुँदा पनि लगानीकर्ताको कन्फिडेन्स नै बढ्न सकेन। त्यसैको असर बजारमा परिरहेको छ।’

बजारमा अहिले साना लगानीकर्तामात्रै नभएर संस्थागत लगानीकर्ता नै लगानी गर्न हच्किएका छन्। बैंकको मुद्दती निक्षेपबाट प्रतिफल नआउँदा समेत संस्थागत लगानीकर्ता बजारमा लगानी गर्न तयार छैनन्। उनीहरुले पैसा ‘होल्ड’ गरेर राखेका छन्।