BIZMANDU
www.bizmandu.com

टेलिकमको पोस्टपेड सिम अनलाइनबाटै नामसारी गर्न सकिने

२०८३ साउन २९

टेलिकमको पोस्टपेड सिम अनलाइनबाटै नामसारी गर्न सकिने
टेलिकमको पोस्टपेड सिम अनलाइनबाटै नामसारी गर्न सकिने


काठमाडौं। नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइलका ग्राहकहरुले सिमको नामसारी अनलाइनमार्फत गर्न सक्ने भएका छन्।

Tata
GBIME

कुनै एक व्यक्तिको नाममा भएको पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा नामसारी गर्नका लागि आवश्यक सम्पूर्ण विवरण भरेर अन्त्यमा नामसारी दस्तुर उपलब्ध गराउन र आवश्यक प्रमाणीकरणका लागि मात्र नजिकको दूरसंचार कार्यालयमा उपस्थित हुनुपर्ने कम्पनीले भनेको छ।

अब ग्राहकहरुले कस्टमर लगइन पोर्टलमार्फत आवश्यक विवरण भर्न सक्ने छन्। विवरणमा महिनाको अवधिमा कल गरिएका ५ वटा मोबाइल नम्बर समेत राख्नु पर्नेछ।

सबै विवरण भरिसके पछि प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकमको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न भनिएको छ।

नामसारीका लागि आवश्यक दस्तुर तिरेर र सक्कल नागरिकताका साथ आफू वा प्रतिनिधिमार्फत नामसारीका लागि अन्तिम प्रमाणीकरण गर्न सकिने जनाइएको छ।

कार्यालयमा उपस्थित हुन नसक्ने सेवाग्राहीहरुले प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न समेत सकिने भएकोले नामसारी कार्य थप सहज हुने अपेक्षा कम्पनीले गरेको छ।