BIZMANDU
www.bizmandu.com

काठमाडौं विश्वविद्यालयको भीसीमा बालेनको रोजाइमा विवेक बराल, सस्मितले दिए नियुक्तिपत्र

२०८३ साउन २९

काठमाडौं विश्वविद्यालयको भीसीमा बालेनको रोजाइमा विवेक बराल, सस्मितले दिए नियुक्तिपत्र
काठमाडौं विश्वविद्यालयको भीसीमा बालेनको रोजाइमा विवेक बराल, सस्मितले दिए नियुक्तिपत्र


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं विश्वविद्यालयको उपकुलपति (भीसी)मा प्रा.डा. विवेक बराललाई नियुक्त गरेका छन्।

Tata
GBIME

विश्वविद्यालयका कुलपति रहेका बालेनले शिक्षामन्त्री सस्मित पोखरेल नेतृत्वको समितिले गरेको सिफारिसका आधारमा बराललाई उपकुलपति बनाएका हुन्। नवनियुक्त उपकुलपति बराललाई शिक्षामन्त्री सस्तिमले शुक्रबार नियुक्तिपत्र दिएका छन्।

बराल काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। उनी काठमाडौं विश्वविद्यालयमै अध्ययन गरी त्यहाँको उपकुलपति बन्ने पहिलो व्यक्ति हुन्। उनी विश्वविद्यालयको इन्जिनियरिङतर्फ दोस्रो ब्याचका विद्यार्थी हुन्।

बरालले काठमाडौँ विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।

इन्धन तथा ऊर्जा, दहन विज्ञान तथा वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा बरालको विशेषज्ञता रहेको शिक्षामन्त्री सस्मितको सचिवालयले जनाएको छ।

सस्मितको संयोजकत्वमा गठित समितिले बरालसहित तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो।

समितिको सदस्यमा राष्ट्रिय योजना आयोगको सदस्य रेशु अर्याल ढुंगाना र काठमाडौं विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष सुरेशराज शर्मा थिए।