काठमाडौं। तीन दिन सामान्य अंक बढेको सेयर बजार फेरि घटेको छ। शुक्रबार नेप्से परिसूचक ७.३७ अंक घटेर २६४३.८३ विन्दु कायम भएको छ।
लाइफ इन्स्योरेन्स, माइक्रोफानान्स्, म्युचुअल फण्ड र अन्य बाहेकका उपसमूहले बजार घटाएका हुन्। १६४ कम्पनीको सेयर मूल्य घटेको छ।
सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १२.८३ प्रतिशतले घटेको छ। बजारमा १०१ कम्पनीको सेयर मूल्य बढेको छ।
दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्केिट लागेको छ। माउन्टेन इनर्जी पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।
सूचक घटे पनि शुक्रबार कारोबार रकम बढेको छ। बिहीबार ३ अर्ब ५३ करोड रुपैयाँको सेयर किनबेच भएकामा शुक्रबार ४ अर्ब २७ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच कारोबार भएको छ।
बजारमा खानीखोला हाइड्रोपावरको सबैभन्दा धेरै १७ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।