BIZMANDU
www.bizmandu.com

खगेन्द्र सुनारको अभिव्यक्तिमा सुधन गुरुङको आपत्ति, ‘उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन’

२०८३ साउन २९

खगेन्द्र सुनारको अभिव्यक्तिमा सुधन गुरुङको आपत्ति, ‘उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन’
कानुन समितिको बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायत। तस्वीर : रासस


काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले गृहसचिव राजकुमार श्रेष्ठ र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई गरेको व्यवहारप्रति आपत्ति जनाएका छन्।

Tata
GBIME

उनले शुक्रबार प्रतिनिधि सभाको कानुन समितिको बैठकमा उजुरीका आधारमा सांसदले न्यायाधीश बन्न नपाउने बताए।

‘मेरो उपस्थिति नरहेको बैठकमा हाम्रो सचिवज्यू र प्रहरी प्रमुखज्यूहरूलाई जुन व्यवहार गरियो, त्यसमा मेरो ध्यानाकर्षण भएको छ। दिस इज नट राइट, दिस इज नट गुड। वि आर नट ह्याप्पी। कसैलाई उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन। आरोप आरोप हो। उजुरीका भरमा कसैको चरित्र हत्या त गर्न पाइएन नि,’ गुरुङले भने, ‘मेरो विचारमा यसबारे कानुनमा केही गर्नुपर्छ जस्तो लाग्छ।’

लेखा समितिको बुधबारको बैठकमा खगेन्द्रले निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितता भएको भन्ने उजुरीमाथिको छलफलका क्रममा गृहसचिव श्रेष्ठ र प्रहरी महानिरीक्षक कार्कीमाथि जथाभावी बोलेका थिए। उनले कर्मचारी प्रशासन र प्रहरी संगठनकै अपमान हुने खालको अभिव्यक्ति दिएकामा चौतर्फी आलोचना भइरहेको छ।