BIZMANDU
www.bizmandu.com

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा १०६ प्रतिशत बढ्यो, एक वर्षमा ९ अर्ब प्रिमियम संकलन

२०८३ साउन २९

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा १०६ प्रतिशत बढ्यो, एक वर्षमा ९ अर्ब प्रिमियम संकलन
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा १०६ प्रतिशत बढ्यो, एक वर्षमा ९ अर्ब प्रिमियम संकलन


काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२/८३ मा नाफा १०६.६३ प्रतिशतले वृद्धि गरेको छ। कम्पनीले गत वर्ष ३९ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Tata
GBIME

व्यवसायमा सुधार हुँदा कम्पनीको नाफा सतप्रतिशत भन्दा बढी वृद्धि भएको हो। इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा १८ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीले बीमा प्रिमियम २५.८७ प्रतिशतले वृद्धि गरेर ८ अर्ब ९७ करोड रुपैयाँ पुर्‍याएको छ।

इन्स्योरेन्सको व्यवसायसँगै नाफा उच्च वृद्धि हुँदा अरु सूचक अब्बल देखिएका छन्।

सिटिजन लाइफ इन्स्योरेन्सको दुई आर्थिक वर्षको वित्तीय विवरण (रुपैयाँमा)

सूचक२०८२/८३२०८१/८२फरक %
चुक्ता पुँजी५०००००००००५०००००००००
खुद नाफा३९०८०४४१६१८९१३६२९७१०६.६३
खुद बीमा शुल्क आर्जन८९७७१२०३१५७१३२१४२५४८२५.८७
लगानी तथा ऋण आम्दानी२०३९५३९४५११८९०४५४०४९७.८९
कुल आम्दानी१११८५०११२६७९१९८७१३५१३२१.५९
खुद दाबी भुक्तानी८९१२७८४२४८६९८०१००५२६२७.६९
कुल खर्च१०७९४२०६८५२८६४९४६१८३९२४.८०
कमिसन फि८५४०१५६७१७२५४१०३१११७.७३
प्रति सेयर आम्दानी७.८२३.७८१०६.८८
प्रति सेयर नेटवर्थ१३१.६