BIZMANDU
www.bizmandu.com

बुटवल पावर कम्पनीको नाफा ५४.३४ प्रतिशत वृद्धि, कमायो ३३ करोड ५४ लाख रुपैयाँ

२०८३ साउन २९

बुटवल पावर कम्पनीको नाफा ५४.३४ प्रतिशत वृद्धि, कमायो ३३ करोड ५४ लाख रुपैयाँ
बुटवल पावर कम्पनीको नाफा ५४.३४ प्रतिशत वृद्धि, कमायो ३३ करोड ५४ लाख रुपैयाँ

काठमाडौं। बुटवल पावरले गत आर्थिक वर्ष २०८२/८३ मा ३३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले खुद नाफा अघिल्लो वर्षको तुलनामा ५४.३४ प्रतिशतले वृद्धि गरेको हो।

GBIME
Tata

बुटवल पावरले आर्थिक वर्ष २०८१/८२ मा २१ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको आम्दानी ९.२४ प्रतिशतले बढेर ८० करोड १६ लाख रुपैयाँ पुगेको छ।

नाफामा बढ्दा कम्पनीको वित्तीय सूचकमा सुधार आएको छ।

बुटवल पावर कम्पनीको दुई आर्थिक वर्षको वित्तीय विवरण हजारमा

सूचक२०८२/८३२०८१/८२फरक %
चुक्ता पुँजी३४०९०६५३४०९०६५–
खुद नाफा३३५४४२२१७३३६५४.३४
आम्दानी८०१६१५७३३७९३९.२४
प्रति सेयर आम्दानी (रुपैयाँ)९.८४८.७८१२.०७
प्रति सेयर नेटवर्थ (रुपैयाँ)२१०.८७२१०.३३०.२६