BIZMANDU
www.bizmandu.com

अपर तामाकोशीले १ वर्षमा कमायो १० अर्ब ६६ करोड, खुद नाफा साढे ९२ करोड

२०८३ साउन २९

अपर तामाकोशीले १ वर्षमा कमायो १० अर्ब ६६ करोड, खुद नाफा साढे ९२ करोड
अपर तामाकोशीले १ वर्षमा कमायो १० अर्ब ६६ करोड, खुद नाफा साढे ९२ करोड

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावरले आर्थिक वर्ष २०८२/८३ मा ९२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष ३ अर्ब ६८ करोड रुपैयाँ नोक्सानीमा गएको कम्पनीले पोहोर नोक्सानी घटाएर नाफामा गएको हो।

GBIME
Tata

अपर तामाकोशीले गत वर्ष विद्युत् बिक्रीबाट १० अर्ब ६६ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ। यो रकम अघिल्लो वर्षभन्दा ५४ प्रतिशतले बढी हो।

हाइड्रोपावरले आर्थिक वर्ष २०८१/८२ मा विद्युत् बिक्रीबाट ६ अर्ब ९२ करोड रुपैयाँ कमाएको थियो।

सूचक२०८२/८३२०८१/८२फरक %
चुक्ता पुँजी२११८०००००००२११८०००००००
खुद नाफा९२५९३४७६९-३६८०११७२८५
विद्युत् बिक्री आम्दानी१०६६८८१२७९४६९२३७७२४१८५४.०९
प्रति सेयर आम्दानी४.३७-१७.३८-१२५.१४
प्रति सेयर नेटवर्थ४४.४८४५.३४-१.९०