BIZMANDU
www.bizmandu.com

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध, सडक खुलाउन प्रयास हुँदै

२०८३ साउन २९

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध, सडक खुलाउन प्रयास हुँदै
सिरुवारी पहिरो म्याग्दी, २८ साउनः चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा बर्खायाममा नियमित यातायात सञ्चालनका लागि मुख्य चुनौति बनेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित सिरुवारी पहिरो । कालीगण्डकी नदी किनारको पाखोमा सामान्य बर्षात हुनेबित्तिकै पहिरो खस्ने र सडक अवरुद्ध हुने गरेको छ । तस्बिरः सन्तोष गौतम÷रासस


काठमाडौं । बाढी र पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोर बागलुङ खण्ड र मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएका हुन्।

Tata
GBIME

गए रातिदेखि परेको अविरल वर्षाका कारण बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खस्दा बिहानैदेखि सडक अवरूद्ध भएको छ।

यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बुर्तिवाङ–निसीखोला खण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा बाढी आउँदा मध्यपहाडी लोकमार्ग अवरूद्ध बनेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए।

दुवै राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना तथा कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको सूचना अधिकारी त्वातीले जानकारी दिए।

सडक अवरूद्ध भएपछि यात्रु बाटोमै अलपत्र परेका छन्।