BIZMANDU
www.bizmandu.com

कास्कीमा बाढीले बगायो दुईवटा पुल, मन्दिरमा फसेका ३ जनाको उद्धार प्रयास जारी

२०८३ साउन २९

कास्कीमा बाढीले बगायो दुईवटा पुल, मन्दिरमा फसेका ३ जनाको उद्धार प्रयास जारी
कास्कीमा बाढीले बगायो दुईवटा पुल, मन्दिरमा फसेका ३ जनाको उद्धार प्रयास जारी

काठमाडौं । कास्की र पर्वत जोड्ने दुईवटा मेटलको पुल बाढीले बगाएको छ। मध्यरातमा आएको बाढीमा सो क्षेत्रमा फसेकाहरुको उद्धार प्रयास जारी छ।

Tata
GBIME

अन्नपूर्ण गाउंपालिका ५ र ६ को सिमाना नयाँ पुल-बिरेठाटी सडक खण्डको छेउमा मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिसहरु आवतजावत गर्ने २ वटा मेटलको पुल सहित मन्दिरको आधा भाग नदीले बगाएको प्रहरीले जनाएको छ।

मन्दिरमा रहेका १ जना सन्त पुजारी र २ जना भक्तजन गरि ३ जना सो क्षेत्रमा फसेका छन्। उनीहरुको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्किबाट ४ जना रोप रेस्क्यु र ३जना गोताखोर सहितको टोली घटनास्थल पुगेको छ।