काठमाडौं। हिमालय बैंकले गत आर्थिक वर्ष १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १४.७३ प्रतिशतले बढी हो।
अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। कर्जा नोक्सानी घट्दा नाफामा सुधारिएको हो। ब्याज आम्दानी र फि कमिसन आम्दानीमा भने गिरावट आएको छ।
अघिल्लो वर्ष ३ अर्ब ७५ करोड प्रोभिजनिङ रहेकोमा गत वर्ष २ अर्ब ८९ करोडमा सीमित भएको छ।
अघिल्लो वर्ष १० अर्ब ४५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले गत वर्ष यस्तो आम्दानी ८ अर्ब ८१ करोडमा सीमित भएको छ।
बैंकको वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड रुपैयाँ ऋणात्मक छ। बैंकको प्रतिसेयर आम्दानी भने ०।६० प्रतिशतबाट बढेर ६।५६ प्रतिशत पुगेको छ।
बैंकको निक्षेप ३ खर्ब ९ अर्बबाट बढेर ३ खर्ब ५१ अर्ब रुपैयाँ छ। व्यवसाय भने घटेको छ। अघिल्लो वर्ष २ खर्ब ३० अर्ब कर्जा लगानी रहेकोमा गत वर्ष २ खर्ब २७ अर्बमा खुम्चिएको छ।
बैंकको खराब कर्जा भने घटेको छ। अघिल्लो वर्ष ७.९७ प्रतिशत रहेको खराब कर्जा घटेर ७.९६ प्रतिशत पुगेको छ। बैंकको पुँजीकोष अनुपात ११।६९ प्रतिशत पुगेको छ।