BIZMANDU
www.bizmandu.com

विशेष अधिवेशनले संगठित बनाएको पार्टीलाई सामूहिक रूपमा आक्रमणको कोसिस भयो: आङ्देम्बे

२०८३ साउन २८

विशेष अधिवेशनले संगठित बनाएको पार्टीलाई सामूहिक रूपमा आक्रमणको कोसिस भयो: आङ्देम्बे
विशेष अधिवेशनले संगठित बनाएको पार्टीलाई सामूहिक रूपमा आक्रमणको कोसिस भयो: आङ्देम्बे

काठमाडौं। नेपाली कांग्रेस प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीमाथि संगठित रूपमा आक्रमणको कोसिस भइरहेको बताएका छन्।

Tata
GBIME

पार्टी केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा नेता आङ्देम्बेले विशेष महाधिवेशनले पार्टीलाई संगठित गरेको बताए। पछिल्लो समयमा भइरहेको आक्रमण चिन्ताजनक भएको उनको भनाई थियो।

केन्द्रीय समितिमा उनले भने, ‘विशेष अधिवेशनबाट पार्टी संगठित भएकोमा अहिले संगठित रूपमा आक्रमण गर्ने कोसिस भएको छ, जुन चिन्ताजनक छ। निर्वाचन आयोग अदालतका बेञ्चबाट प्रमाणित भएको हो। अब अरूले के भन्छन् भन्नेमा नलागौं। विधानले चिनेको र संविधानले चिनेको ठाउँबाट प्रमाणित भएको हो।

विशेष महाधिवेशनले सबै समुदायलाई भरोसा दिएको पनि उनले बताए।