काठमाडौं। भारी वर्षाका बीच नाइमा मोबिलिटी एक्स्पोमा अवलोकनकर्ताको घुइँचो लागेको छ।
एक्स्पोको तेस्रो दिन बिहीबार वर्षाका बाबजुत २२ हजार भन्दा बढी मानिसले प्रदर्शनी अवलोकन गरेको आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले जनाएको छ।
बिहीबार दिउँसोदेखि काठमाडौंमा भारी वर्षा भइरहेको छ। पहिलो दिन २९ हजार र दोस्रो दिन २६ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए। एक्स्पोमा अवलोकनकर्ताहरु आफ्नो क्षमता अनुसारका सवारीसाधनको स्टलमा बढी केन्द्रित भएका छन्।
अवलोकनकर्ताले मूल्यका साथै ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी/ग्यारेन्टी, रिसेल भ्यालूलगायत विषयमा चासो राखेका छन्।