काठमाडौं। अष्ट्रेलियामा नेपाली स्वाद र परिकार फैलाउँदै आएको सगुन ग्रुपले आफ्नो व्यवसाय विस्तार गरेको छ। सगुन ग्रुपले मेलबर्नमा पनि असमाण्डु बजार र सगुन बुचरी सञ्चालनमा ल्याएको छ।
नेपालीहरूको बाक्लो बस्ती रहेको मेलबर्नको ग्लेन रोयमा असमाण्डु बजार र सगुन बुचरी सञ्चालनमा ल्याइएको हो।
असमाण्डु बजारले सिड्नीको ब्ल्याक टाउन र अर्बन पछि ग्लेन रोयमा आफ्नो उपस्थिति जनाएको हो।

नेपाली सामान र साउथ एसियन ग्रोसरीका साथै खसीको ताजा मासु पाइने असमाण्डु बजार र सगुन बुचरी सञ्चालनमा आएपछि नेपाली समुदायमा खुशी छाएको कम्पनीका सञ्चालकले बताएका छन्।