BIZMANDU
www.bizmandu.com

एमजीको अहिलेसम्मकै प्रिमियम एसयूभी आयो, मूल्य २.५० करोड, नाइमामा किने १५.५० लाख फाइदा

२०८३ साउन २८

एमजीको अहिलेसम्मकै प्रिमियम एसयूभी आयो, मूल्य २.५० करोड, नाइमामा किने १५.५० लाख फाइदा
एमजीको अहिलेसम्मकै प्रिमियम एसयूभी आयो, मूल्य २.५० करोड, नाइमामा किने १५.५० लाख फाइदा


काठमाडौं। जेएसडब्लू एमजी मोटरको नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले नाइमा नेपाल मोबिलिटी एक्सपोमा नयाँ एमजी म्याजेस्टर सार्वजनिक गरेको छ।

Tata
GBIME

एमजी म्याजेस्टर नेपालमा हालसम्म सार्वजनिक एमजीको सबैभन्दा ठूलो, शक्तिशाली र प्रिमियम एसयूभी हो। एमजी म्याजेस्टर भारतको पहिलो डी प्लस एसयूभी हो, जुन परम्परागत फुल साइज एसयूभीभन्दा माथिल्लो सेग्मेन्टमा पर्छ। यो आफ्नो वर्गमा सबैभन्दा अग्लो, चौडा र लामो एसयूभी हो। 

एमजी म्याजेस्टर ५ मिटरभन्दा बढी लम्बाइ, २ मिटरभन्दा बढी चौडाइ र करिब १.९ मिटर उचाइको छ। ल्याडर फ्रेममा निर्माण, मांसल बडी लाइन र बोल्ड ग्रिलले यसलाई बलियो र प्रभावशाली स्वरूप प्रदान गरेको छ। २१९ एमएम ग्राउन्ड क्लियरेन्सका कार० यव एसयूभी नेपालको विविध भूगोलका लागि उपयुक्त भएको कम्पनीले बताएको छ।

एमजी म्याजेस्टरमा २.० एलको ट्वीन टर्बो डिजेल इन्जिन जडान गरिएको छ जसले २१५.५ पीएस पावर र ४७८.५ एनएम टर्क जेनेरेट गर्छ।

कम्पनीले प्रत्येक एमजी म्याजेस्टरमा ५ वर्ष वा १ लाख किलोमिटर वारेन्टी तथा नेपालभर २४सै घण्टा रोडसाइड असिस्टेन्ट उपलब्ध गराएको छ। कम्पनीले एमजी म्याजेस्टरको मूल्य २ करोड ५० लाख रुपैयाँ तोकेको छ।

नाइमा विशेष अफरमा १५ लाख ५० हजारसम्मका विभिन्न सुविधा पाइने कम्पनीको भनाइ छ। नाइमामा एमजी म्याजेस्टर किन्नेले ८ लाखसम्म नगद छुट, १ वर्षको कम्प्रिहेन्सिभ बीमा, १० हजारको बुकिङ गिफ्ट र लक्की ड्रमा सामसङ ग्यालेक्सी एस२६ अल्ट्रा पाउने छन्।