काठमाडौं। मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाडौंकोे बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटल र बालुवाटारस्थित टेस्ला डायग्नोस्टिकमा छुट पाउने भएका छन्।
बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन लेमन ट्रि प्रिमियर होटल र टेस्ला डायग्नोस्टिकसँग सम्झौता गरेको छ।
सम्झौता अनुसार बैंकका ग्राहकले लेमन ट्रि प्रिमियरमा खाना तथा बासमा १५ प्रतिशत र स्पामा २० प्रतिशत छुट पाउनेछन्।
यस्तै टेस्ला डायग्नोस्टिकमा प्याथोलोजी टेस्ट, एमआरआई, एक्सरे, औषधि लगायत सेवामा ५ देखि १० प्रतिशतसम्म छुट पाउने बैंकले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

छुटका लागि बैंकको डेबिट कार्ड, प्रिभलेज कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी गर्नुपर्नेछ।