BIZMANDU
www.bizmandu.com

देउवा सम्पर्क कार्यालयमा पुगेर जंगिए, ‘भोलिदेखि देखाएर छाड्छु, ज्ञानेन्द्रले त सकेनन्, अरुले सक्छन्?’

२०८३ साउन २८

काठमाडौं। कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू निर्दोष रहेको दाबी गरेका छन्।

Tata
GBIME

उनले साढे ५ महिनापछि बिहीबार स्वदेश फर्किएसँगै पार्टीको संस्थापनइतर समूहले खोलेको सम्पर्क कार्यालयमा पुगेर आफ्नाबारे जनता र अदालत साक्षी रहेको बताए।

उनले सरकारले आफूलाई अनेक गरेर पक्राउ गर्न खोजेको गुनासो गरे। देउवाविरुद्ध गत चैत अन्तिम साता सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ पुर्जी जारी भएकामा सर्वोच्च अदालतले नियन्त्रणमा नलिन आदेश दिएको थियो।

देउवा आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहलेसमेत केही गर्न नसकेको भन्दै पक्राउ गर्न खोजेकामा जंगिए। ‘जनता छन्। अदालत छ। तिनीहरुलाई भोलिदेखि देखाएर छाड्छु। ज्ञानेन्द्रले त सकेनन् अरुले सक्छ यहाँ?,’ देउवाले प्रश्न गर्दै भने, ‘अदालतसम्म गएको छ, १० पटकसम्म आउनु भन्छ। १० पटक आयो, केही छैन भन्छ। ११ पटक आयो, २० पटक आयो, केही छैन। किनभने अहिलेसम्म ५० वर्ष काम गर्‍या छ, एक रुपैयाँ कतैबाट तलमाथि भन्या कुरा छैन।’

देउवाले आफूविरुद्ध लागेका नेताहरुलाई समयले विस्तारै जवाफ दिनेसमेत बताए।